दिलमान बुढा
काठमाडौं, असार १० – हालैको एक साँझ राजधानीको नयाँ बसपार्ककै बाटो भएर घर
जान भनी हिंडीरहेको थिएँ । एउटी पच्चिस–छब्बीस वर्षकी कन्याले बाटो रोक्दै
सोधिन्, ‘दाई बढिया सा लोज किधर छ ?’ कालो वर्णकी, ओंठमा अली भद्दा खालको
लिपस्टीक लगाएकी, टाइट जिन्स पाइन्ट र सेटो बुट्टेदार टिसर्ट लगाएकी अनी
थाई कट कपाल काटेकी ति कन्या हेर्दा भारतीयजस्ती देखिन्थीन् ।
मैले भने, ‘इधर जहाँ कहीं लज है ।’
कन्याले भनिन्, ‘टिभीवाला, एटयाच बाथरुमवाला ।’
कुनै लजको दलाल झैं मैले भनिदिएँ, ‘जाइए मिलता है ।’
युवतीले कर गरेर भनीन, ‘दिखाईए कहाँ मिलता है ?’
मैले उनलाई नजिकैको एक लजको मुल गेटनेर पु¥याएर भनें, ‘जाइए रिसेप्सनमै बात किजिए ।’
यति भनेर म हिंडनै लागेको थिएँ, उनले हात समातेर भनिन्, ‘चलीए लोज मैं आज मस्ती करते हैँ ।’
ममा आश्चर्यको सीमा रहेन । उनी यौनकर्मी रहिछन् । त्यो पनि भारतबाट आएकी ।
जिज्ञासा लाग्यो, त्यसैले उनीसँग बात मार्नकै लागि लजको पहिलो तल्लामा भएको
खाना खाने ठाउँमा गएँ । हामीले चिया अर्डर ग¥यौं ।
कुरा गर्दै जाँदा थाहा भो, उनी भारतको गोरखपुर, बक्सीपुरबाट आएकी रहीछन् ।
आठ कक्षा पढ्दा पढ्दै छाडेकी । परिवारको आर्थिक अवस्था त्यति कमजोर नभए पनि
गलत सँगतका कारण यौन कर्मतिर लहसीएकी रहिछन् ।
‘बियर पियो ना, चाय वायसे कुछ नही होता’ उनले हौस्याईन् ।
‘मैं बियर नही पिता’, मैले भने ।
‘अच्छा ठिक है, रुम मे चलें’, उनले सोधीन ।
मैले कुनै जवाफ दिइन ।
‘नेपाल आनेका मकसद क्या है ?’ सोधें ।
‘नही उधर बहुत गर्मी है, इसिलिए ठण्डी हवा खाने के लिए आइ हुँ’, उनले भनीन ।
आफुलाई ‘सकुन्तला’ बताउने यी यौनकर्मी मात्र हैन, गर्मी बढेयता थुप्रै
भारतीय यौनकर्मी राजधानी भित्रिएको बुझिएको छ । गर्मी याममा काठमाडौं,
पोखरा, बुटवल, नेपालगञ्ज, नारायणगढलगायतका क्षेत्रमा भारतीय यौनकर्मीहरु
गर्मी छल्न आउने गर्छन् । उनीहरु नेपालका विभिन्न लजमा कोठा लिएर बस्छन्
अनी लजका अन्य कोठामा बस्न आएका युवा र अधवैंशे पुरुषलाई आफ्नो हाव भाव
कटाक्षले बसमा पारी यौन कर्म गर्छन् । यसरी गर्मी यामभरी नेपालमा आएर गरिने
यौन कर्मलाई उनीहरु ‘ठण्डी हवा खाने’ भन्दा रहेछन् ।
नेपालका विभिन्न शहरमा आएर यौन कर्म गरी करिब एक डेढ लाख रुपैयाँ कमाएर
‘दशहरा’ र ‘त्यौहार’ मान्न भारत फर्किने गरेको सकुन्तलाले बताइन् । भारतमा
भन्दा नेपालमा यौन कर्म गर्न धेरै सजिलो हुने गरेको सकुन्तलाको अनुभव छ ।
‘भारत के मर्द लोग कन्जुस हो ते है’, उनले भनिन्, ‘सिर्फ ढाई तिन सौ देते
है, नेपाल मै ज्यादा कमाइ होता है, एक आदमी दो हजार देता है ।’ सकुन्तलासँग
करिब पैतीस वर्षकी अर्की महिला पनि आएकी रहिछन् । उनी भने पोखरातिर लागेको
सकुन्तलाले बताईन् ।
भारतका मोतीहारी, मुजफ्फर नगरदेखी गोरखपुर र पारी सीमावर्ती शहरमा यौनकर्म
गर्नेहरु गर्मी लागेपछि ‘ठण्डी हवा’ खान नेपाल छिर्ने गरेका छन् ।
राजधानीका एक लज संचालकका अनुसार त्यस्ता यौनकर्मीहरुको धन्दा चलाउने
गज्जबको तरिका छ । उनीहरु सकेसम्म दुई तिन जनाको समुहमा आउँछन् । उनीहरुको
साथमा व्रिफकेश र झोला पनि हुन्छ । आएर सुरुमा उनीहरु लजमा एउटा कोठा
लिन्छन् । सामान राख्छन् र पशुपतिको दर्शन गर्न जान्छन् । फर्कदा निधारभरी
चन्दन र टिका लगाएका हुन्छन् । उनीहरुको समुहमा एउटी परिपक्व महिला पनि
हुन्छिन् । उनीहरु एक साताका लागि घुम्न आएको बताउँछन् र लजमा रहेका अन्य
युवाहरुसँग हिमचिम बढाउन थाल्छन् । युवाहरुलाई वासनाको चंगुलमा पारेपछि
मोलमोलाई गर्दै उनीहरु धन्दा चलाउन थाल्छन् । लज संचालकले थाहा पाएमा उनलाई
पनि केही कमिसन दिन्छन् ।
यसरी आउने यौनकर्मीहरुले वैदेशीक रोजगारीमा जाने क्रममा राजधानीका लजमा
बसेका र आफ्नो उडान पर्खीरहेका युवालाई जालमा पार्ने गरेको एक लज संचालकले
बताए । ‘भारतीय यौनकर्मीहरु हेर्दा पर्यटकजस्ता देखिने र कसैले शंका पनि
नगर्ने भएकाले उनीहरुलाई धन्दा चलाउन सजिलो छ’, लज संचालक भन्छन्, ‘फर्कने
बेलामा एक सिजनमा डेढदेखी दुई लाखसम्म कमाएर फर्कन्छन् ।’
तन्दुरी मुर्गी
सुन्धारास्थित एक लज संचालकका अनुसार उनको लजमा बिगत तिन वर्षदेखी गर्मी
याममा भारतबाट एउटी ‘बन्टी’ नाम गरेकी यौनकर्मी आउन थालेकी छन् । गीत
गुनगुनाइरहने बन्टी भने घुम्न आएको बहानामा लजमा रहेका अन्य ग्राहकसँग
लहसीन्छिन् र धन्दा चलाउँछिन् । उनलाई अली–अली नेपाली पनि बोल्न आउँछ ।
मैले भेटदा उनी लामो कपाल छाडेर सुगन्धित अत्तरको बासना छरीरहेको अवस्थामा
थिईन् । भन्नलाई चार हजार रुपैयाँ भन्ने र अन्तिममा एक हजार रुपैयाँमा
मान्ने उनको बानी रहेछ ।
‘मैले त बस सौकमा करिलिएको, ज्यादा लोगो के साथ नही होता’, उनले भनीन् । चियाको चुस्कीसँग उनीसँग कुरा गरीरहेकै बेला उनले गाईन्,
‘मै तो तन्दुरी मुर्गी हुँ यार गटकाले सैंया ओलकोहोल से’
वर्षामा ‘छतरी’
गर्मी याममा मानिसको शरीरबाट धेरै पसिना निस्कन्छ । भारतमा ४५ डिग्री
गर्मीमा मानीसको शरीर पसिनाले लछप्पै भिज्छ, अनी दुई तिघ्राका कापहरु पाछेर
घाउ खटिराहरु आउने गर्छन् । त्यस्तो अवस्थामा यौन सम्पर्क गर्दा विभिन्न
यौन रोग सर्ने खतरा हुन्छ । सकुन्तला गर्मी छल्न नेपाल आउनुको एउटा कारण यो
पनि रहेछ । ‘गर्मी की तो बात मत किजिए, खुजली होता है, भिरंगी लगता है’,
उनले भनीन् । सकुन्तलाको कुरा सुन्दा उनी ‘सेफ सेक्स’को लागि पनि नेपाल
आएको बुझ्न सकिन्छ । भारतका कतिपय ग्रामीण इलाकाबाट आएका अल्लारे युवाहरु
कण्डोम नलगाई यौन सम्पर्क गर्न दबाब दिने गरेको र त्यसक्रममा आफ्ना धेरै
साथीहरुलाई भिरंगी, सिफलिसलगायत एचआइभीसमेत भएको उनले खुलाइन् । कण्डमलाई
उनीहरु कोड भाषामा ‘छतरी’ भन्दा रहेछन् । उनले हाँस्दै भनिन्, ‘जव बारीस
होता है तो छतरी तो ओढ्ना पडता है न ।’
चिनिया र रसीयन पनि
सकुन्तला र बन्टीजस्ता भारतीय यौनकर्मी मात्र हैन, काठमाडौंमा लामो समयदेखी
चिनियाँ र रसीयन यौनकर्मी पनि बढ्न थालेका छन् । अग्ला, सुन्दर र गोरा
रसीयन यौनकर्मीको माग विश्वमै छ । त्यस्तोमा उनीहरुको ध्यान दुई महाशक्ति
चिन र भारतको ट्रान्जीट प्वाइन्ट बन्दै गरेको नेपालको राजधानीतीर पनि
सोझीएको छ । रसीयन यौनकर्मीको अखाडा भने राजधानीको क्यासीनो हुने गरेका थिए
। उनीहरु अब भने विभिन्न तारे होटल र धनाढ्य रसिक पुरुषको सम्पर्कमा आउन
थालेका छन् । चिनियाँ यौनकर्मी पनि लाजिम्पाट, ठमेल, महाराजगञ्जतीर फ्ल्याट
भाडामा लिएर धन्दा चलाइरहेको स्रोत बताउँछ । भारतीय पर्यटक र नेपालका
मारवाडीहरु चिनियाँ यौनकर्मीकहाँ धाउने गरेका छन् ।
Post a Comment