भारत कर्नाटकको बेलथानगाडी निवासी अहमेदले एक समाचार वेबसाईटलाई आफू राम्रो तलवमा सन् २०११ मा इराक आएको बताए ।
उनले भने, ‘सद्दाम हुसैनको शासन समाप्त भएपछि शान्ति आउने सोचेका थियौं । सुरुवाती दिनमा मोसुलमा मलाई कुनै समस्या भएन तर अहिले फेरि हिंसात्मक संघर्षहरु सुरु भएका छन् ।
पछिल्लो समयमा इराकमा भएको घटनाले कामदारहरुलाई त्रसित बनाएको छ । मोसुलबाट बाहिर निस्कन चाहेपनि सुरक्षा खतराका कारण निस्कन नसकेको र दुतावासको सहायता पर्खिरहेको उनले बताएका छन् ।
उनले आइएसआइएस आतंककारी अमानवीय रहेको र उनीहरु मानिसहरुको हत्यामा मजा लिरहेकोले इराक असुरक्षित रहेको बताएका छन् ।
उनले भने, ‘म मेरा सबै भारतीय दाजुभाईहरुलाई इराक नजान आग्रह गर्दछु । आफ्नो जीवन खतरामा राखेर पैसा कमाउनु मात्र जीवनको महत्व होइन ।’
उनी भन्छन्, ‘म पैसा कमाएर मेरो परिवारलाई सहयोग गर्न चाहन्छु । तर पैसा कमाएपनि म भारत फर्किन सक्दिन । यहाँ रहेर मैले प्रत्येक महिना ५ सय डलर कमाइरहेको छु । अब कुवेत गएर काम गर्ने बारेमा सोचिरहेको छु ।’
बग्दाद आगामी दिनमा सुरक्षित नभएको भन्दै उनले आफू भारतीय दुतावासको मद्दतको पर्खाईमा रहेको पनि बताएका छन् ।
इराको दोस्रो ठूलो सहर मोसुल कब्जा गरिसकेका विद्रोहीले भारत, नेपाल लगायतका देशबाट रोजगारीका लागि पुगेका नागरिकहरुलाई समेत अपहरण गरेको समाचारहरु आइरहेका छन् । इराकमा पछिल्ला समयमा शिया र सुन्नी समुदायबीचको हिंशाका घटनाहरुमा तिव्रता आएको छ ।
Post a Comment