लमजुङको कुन्छास्थित शान्ति उच्च माविमा गणित विषय अध्यापन गराउने शिक्षक मेघनाथ पौडेलले आफ्नै छात्रामाथि यौन हिंसा गर्ने गरेको खुलासा भएको हो ।
घटना गत चैत ९ गतेको भएपनि पीडित छात्राले हाल आफ्नो अभिभावकलाई घटनाबारे बताएपछि यौन हिंसाको रहस्य खुलासा भएको हो । पीडित छात्राले पौडेलले आफूमाथि निरन्तर यौनजन्य हिंसा गरेको बताएपछि उनका परिवारले विद्यालयमा उजुरी दिएका छन् ।
उता यौन हिंसाको आरोपव लागेका पौडेल भने घटना सार्वजनिक भएपछि सम्पर्क बीहिन भएको विद्यालय प्रसाशनले जनाएको छ भने उनलाई विद्यालयबाट निलम्वन गरिएको छ ।
पौडेलले गत चैत ९ गते सुन्दरबजार स्थित खत्रीठाँटीमा एसएलसी परीक्षाको समयमा गणित सिकाउने भन्दै कोठामा पसेर आफूमाथि यौन हिंसा गरेको पीडित छात्राको आरोप छ ।
Post a Comment