news and more entertainment

चट्याङबाट काभ्रेमा एकै दिन चारको मृत्यु


धुलिखेल : वर्षासँ‌गै शनिबार बिहान काभ्रेका विभिन्न गाउँमा परेको चट्याङबाट चारजनाको ज्यान गएको छ भने छ जना सर्वसाधारण घाइते भएका छन्। पानीसँगै परेको चट्याङबाट जिल्लाको डाँडापारीस्थित बनखु, साल्धारा, गोकुले र मिल्चे गाबिसमा परेको चट्याङबाट चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार चट्याङबाट बनखु गाउँ विकास समिति ८ आले बाँसपुरकी १० वर्षिया रमिला विकको मृत्यु भएको हो। उनी स्थानीय ज्योती निम्न माध्यमिक विद्यालयमा कक्षामा ३ मा अध्ययनरत छिन्। घर भित्र बत्तिमुनी बसिरहेकी रमिलालाई चट्याङ लागेको हो।
यस्तै डाँडाँपारीकै साल्धारा ६ मा परेको चट्याङबाट स्थानीय १९ वर्षिय सन्तलाल रुम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको पिँढीमा बसिरहेका सुजनलाई चट्याङ लागेको थियो। चट्याङबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो। यसैगरी गोकुले ६ बस्ने काजीम्मान वाइवा र मिल्चे ९ बस्ने ४५ वर्षिया फुलमायाँ तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचार गर्न लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो।
चट्याङबाट गोकुले र फलामेटारमा ६ जना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थय संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ। चट्याङबाट फलामेटार ९ बस्ने सन्तबहादुर योञ्जनको दुई वटा भैँसी र ६ वटा बाख्रा मरेका छन्। काभ्रेको डाँडाँपारीका गाविसमा वर्षेनी चट्याङबाट दर्जन भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget