news and more entertainment

प्रेम सम्बन्धमा नीता, भन्छिन्- ‘बिहेको कुरा चल्दैछ’

  
nita-dhungana
वि.सं २०७१ नेपाली सिनेमाका लागि कलाकारहरुको बिहे बर्ष जस्तै हुने भएको छ । देशका चर्चित कलाकारहरु यसै बर्ष बिहे गर्दैछन् । कसैले भने घरजम गरिसकेका छन् । यसैबिच नायिका नीता ढुंगानाले पनि आफ्नो घरमा बिहेको कुरा चलिरहेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै नीताले घरबाट बिहे गर्नुपर्छ भन्ने कुरा भैरहेको बताइन् । तर आफ्नो बिहे यही समयमा हुन्छ भनेर भन्न नसक्ने उनको तर्क छ ।
नीता विगत ३ बर्षदेखि एक यूवकको प्रेममा छिन् । उनले आफ्ना प्रेमीको नाम भने खुलाउन चाहिनन् । प्रेमीको बारेमा नीताले भनिन्-’हामी एकअर्कालाई सानैबाट चिन्छौ । बिचमा आ-आफ्नो कामका कारण खासै बोलचाल भएन । तर ३ बर्षदेखि हामी प्रेमसम्बन्धमा छौ ।’
नीताले आफ्नो प्रेमी सिने नगरीको भने नभएको बताइन् । उनले आफूले लुकिछिपी बिहे नगर्ने समेत बताइन् । बिहेको कुरा पक्का हुने वित्तिकै सबैलाई जानकारी गराउने नीताको भनाई छ । उनले यसैबर्ष बिहे गर्ने कुरा चलेकोे स्विकार गर्दै भनिन्-’कुरा यसैबर्षका लागि नचलेको होइन । हामी एकअर्काकै मर्जीले बिहे गर्छौ । तर यो बर्ष हुन्छ नै भन्न गाह्रो छ ।’ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget