news and more entertainment

जुवा खेलिरहेको अवस्थामा छजना पक्राउ

2013-04-26-1366974426बागलुङ, १८ असोज ।
जुवा खेलिरहेको अवस्थामा बागलुङबजारबाट छजना जुवाडे फक्राउ परेका छन् ।
शनिबार साँझ बागलुङ नगरपालिका–३ स्थित जयन्द्र भण्डारीको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का भरत श्रेष्ठ, बानपा–३ का जयन्द्र भण्डारी, बानपा–४ का लीला कँडेल, रणसिंहकिटेनी गाविस–८ का दिलबहादुर घर्ती, सोही गाविसको वडा नंं. ६ का रेशबहादुर श्रीस र तनहुँ जिल्ला घर भएका कृष्णबहादुर भण्डारी रहेका छन् ।
तास खेलिरहेको स्थानबाट नगद रु. १६ हजार ८०० बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत शैलेन्द्र खड्काले जानकारी दिनुभयो । जुवा ऐन, २०२० अनुसार पक्राउ परेका व्यक्तिहरूलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
जुवाडेलाई रु २०० सम्मको जरिवानादेखि एक वर्षसम्मको कैदको व्यवस्था ऐनले गरेको छ । यसअघि पनि पटक–पकट तास खेलिरहेको अवस्थामा जयन्द्रको घरबाट जुवाडे पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget