के नगर्ने ?
बेकिङ सोडाको सकेसम्म प्रयोग नगर्ने । यसले तपाईंको दाँतबाट इनामेलको मात्रालाई कम गर्छ र दाँतको चम्किलोपनामा ह्रास ल्याउँछ जसले गर्दा दाँत पहेँलो देखिन थाल्छ ।
गाढा रंगका पिग्मेन्ट भएका खाद्य नखानुहोस् । खाना जस्तै साय सस, मरिनारा ससमा भएको गाढा रंगको पिगमेन्टले दाँतमा दाग बस्न सक्छ ।
बजारमा पाइने रेडबुल, मोन्सटरजस्ता शक्तिबद्र्धक (इनर्जी) पेय पदार्थ नपिउनुहोस् । तिनीहरु कम्पनीले दाबी गरेजस्तै राम्रा हुँदैनन्, विशेष गरेर तपाईंको दाँतको लागि । त्यसमा भएको एसिडले दाँत भएको चम्किलोपनालाई कम गर्दै जान्छ ।
धुम्रपान नगर्ने ।
के गर्ने ?
टुथब्रसलाई नियमितरुपमा परिवर्तन गर्ने । ३ महिनाको अन्तरालमा त्यसलाई परिवर्तन गर्न ठीक हुन्छ । यदी ब्रस बिग्रेको जस्तो लाग्यो भने परिवर्तन गर्नुपर्छ । सकेसम्म राम्रो गुणस्तरको ब्रस प्रयोग गरौं ।
जिब्रोलाई सफा राख्ने । यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतको रंगलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट रोक्छ ।
फलफूल नियमितरुपमा खाने । यसले तपाईंको दाँतमा चमक र स्वस्थ राख्न मद्दत गर्दछ ।
सिट्रस भएका फलफूल जस्तै कागती, सुन्तला खाएपछि मुख पानीले कुल्ला गर्ने । तिनीहरुमा भएको एसिडले दाँतको इनामेललाई कम गर्दछ ।
Post a Comment