लैङ्गिक हिसावले हरेक नारी पुरुषप्रति आकर्षित हुन्छे । तर यसो भन्दैमा सबै
नारी हरेक पुरुषप्रति आकर्षित भैहाल्दैनन् भन्ने चाँहि छैन । अझ एक
अध्यनले त पाँच प्रकारका पुरुषलाई महिलाले घृणा गर्ने देखाएको छ ।
उचता देखाउनेः
हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू
ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै
पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका
जमाना गए ।
रचनात्मकरुपमा सम्झाउने वा सिकाउने पुरुषलाई पराएपनि होच्याउने र
जिस्काउनेलाई भने मन पराउँदैनन् । महिला विज्ञहरुले महिलालाई मायाँ गर्ने
र सम्मानजनक ब्यवहार गर्ने पुरुष मन पराउने बताएका छन् ।
एङ्ग्री योङम्यानः
चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक
राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् ।
यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ । यस्ता
पुरुषहरु घरमा श्रीमती र छोराछोरीसँग पनि बढी रिसाउने यो अध्ययनले देखाएको छ
। त्यस्तै रफ टप बनेर हिड्ने भन्दा बजारमा चलेको फेसन गर्ने पुरुषलाई नै
मन पराउने गरेको पनि अध्यनको निष्कर्ष छ ।
सेक्समा मात्र ध्यान दिनेः
महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन
भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा
ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । महिला विशेषज्ञहरु भन्छन्
महिलाहरुलाई पनि यौन चाहाना नहुने होइन तर उनीहरु प्रेमिल यौन सम्बन्ध
चाहन्छन् ।
लैङिक चेतना बढी हुनेः
म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु
पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । तर कुनै
पनि पुरुषको सामान्य भूमिका निर्भाह गर्नु र पुरुषवादी हुनुबीच धेरै दुरी
भने नभएको विश्लेषकहरुको भनाई छ ।
केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग
गर्नेहरुसँग भने टाढै बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि
सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा हुन्छ । झर्रो
भाषा बोल्ने वा फोहोर शब्द समेत प्रयोग गर्ने केटाहरुबाट केटीहरु टाढिँदै
जान्छन् ।
Post a Comment