दमक,असार६– एसएलसी अनुत्तीर्ण हुने विद्यार्थीहरुले टी–एसएलसीको प्राविधिक
शिक्षामा अध्ययन गर्न पाउने भएका छन् ।लखनपुर–८ स्थित सरस्वती माविले चालु
शैक्षिकसत्रदेखि २९ महिने कृषि जेटिए प्राविधिक शिक्षा सञ्चालन गर्ने तयारी
गरेको हो ।
यसअघि सो विद्यालयले एसएलसी उत्तीर्ण हुने विद्यार्थीहरुलाई १५ महिने कृषि जेटिए सञ्चालन गर्दै आएको थियो ।
सो विद्यालयले गत २०६७ सालदेखि कृषि जेटिएको कक्षा सञ्चालन गर्दै आएको छ ।
वर्षमा ४० जना विद्यार्थीले त्यस्तो कक्षा लिँदै आएका छन् । सो विद्यालयका
प्रधानाध्यापक दुर्गाप्रसाद सेढार्इंका अनुसार यो वर्षदेखि टी–एसएलसीको
जेटिए पठनपाठन गरिने तयारी गरिएको छ ।
“रोजगारमुखी तथा प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यो अवसर सृजना भएको हो”प्रअ सेढाईंले जानकारी दिए ।
कृषि जेटिएको २९ महिने कोर्षमा सहभागी हुने विद्यार्थीहरुले कक्षा लिनका
लागि एसएलसी अनुत्तीर्णको कुनै परिचयपत्र समावेश गर्नुपर्ने हुन्छ । प्रअ
सेढाईंले एसएलसी फेल गरेका युवा शक्तिलाई कृषि जेटिए विषयमा आकर्षित गराउन
यस्तो तालिम आएको जनाए ।
एसएलसी अनुत्तीर्ण भएकाहरुले भने यो वर्षदेखि
२९ महिने जेटिए अध्ययन गर्न पाउने प्रअ सेढाईंले जानकारी दिए । सो विषयमा
अध्ययन गर्न झापाबाहेक पश्चिमका डोल्पा, कालीकोट , इलाम, पाँचथर र मोरङका
विद्यार्थीहरु आएको बताइएको छ । यस्तो किसिमको कक्षा सञ्चालन गर्ने सो
विद्यालय जिल्लाकै एक मात्र भएको बुझिएको छ ।
यसैगरी सो विद्यालयले गएको पाँच वर्षको अवधिमा उत्पादित अधिकांश जनशक्तिले स्वरोजगार बन्दै गएको प्रअ सेढाईंले जानकारी दिए ।
जेटिएमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई विद्यालयले आवश्यकताअनुसार छात्रवृत्तिसमेत प्रदान गर्दै आएको जनाएको छ ।
Post a Comment