news and more entertainment

अबैध सम्बन्धका कारण आफ्नै कोठामा झुण्डिएर आत्महत्या

१० असाार, खोटाङ ।
खोटाङमा आफनै घरको कोठामा गत सनिबार झुन्डीएर आत्मा हत्या गर्ने खाल्ले गाबिस वडा नम्बर ८ की लक्ष्मी परियारको पेटमा अबैध सम्बन्धको ९ महिनाको बच्चा रहेको र आत्माहत्या गरेको खुलासा भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा आईतबार भएको पोष्र्टमार्टम पछि उनको पेटमा अबैध सम्बन्धको ९ महिनाको छोरी रहेको र आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । मृतक परियारको श्रीमान मदन परियार बिगत ५ बर्षदेखी बैदेसिक रोजगारीको शिलशिलामा कतारमा रहेका छन् ।

सासुआमा संग मात्र बस्तै आएकी परियारको ८ बर्षको एक छोरा र ६ बर्षको एक छोरी रहेका छन् । उनको मृत्यु भएपछि बृद्ध सासुआमा र बालबच्चाको बिजोक भएको छ । परियार संग अबैध सम्बन्ध राख्ने ब्यक्तीको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget