१० असार, काठमाडौं – ब्राजिलमा जारी २० औं संस्करणको विश्वकपको ‘क्रेज’
नेपालमा यति बढेको छ कि सहर र गाउँ जताततै रंगीबिरंगी जर्सीले छपक्कै
छोपिएका छन् । नेपाल विश्पकपमा पुग्न नसकेपनि नेपालीको यो ‘क्रेज’ले करोडौं
व्यापार भने गरेको छ ।
व्यवसायीका अनुसार १ महिनायता मात्रै देशभर करिव ५० करोडका ८ लाख थान जर्सी बिकेका छन् ।
ब्राजिल, अर्जेन्टिना, जर्मनीजस्ता टिमका जर्सी बिक्री सूचीमा अग्रणी छन् ।
स्पेन र इंगल्याण्डजस्ता दाबेदार पहिलो चरणबाटै बाहिरिएपछि उनीहरुका जर्सी
लगाउने देखिनै छाडेका छन् । नेपाली बजारमा ६ सयदेखि ११ सय रुपैयाँ सम्मको
जर्सी बिक्री भएको न्युरोड ओटुस्थित उपकार टे्रडिङका प्रोपाइटर पुकार
कडरियाले बताए ।विश्वकप सुरु हुनुभन्दा अघिदेखि नै जर्सी बिक्री हुन थालेको
उनले सुनाए । न्युरोडमा यस्ता जर्सीका थोक विक्रेताहरु १० भन्दा बढी
ठाउँमा रहेको कडरियाको भनाई छ ।
होलसेल तथा कपडाका खुद्रा विक्रेताले मात्र नभई यसपटक अरु व्यापारीले पनि
जर्सी बेचिरहेकाले उत्साहजनक रहेको अर्का व्यापारी बसन्त कार्कीले बताए ।
नेपालमा विक्री हुने जर्सीको करिब ८० प्रतिशत काठमाडौँमै खपत हुने दावी
कडरियाको छ ।

Post a Comment