news and more entertainment

बडीगार्डसँग बियोन्सले रात बिताएपछि श्रीमान् आक्रोशित

 
beyonce
ग्ल्यामर जगतमा पनि अचम्म अचम्मका घटना हुन्छन् । पर्दा अगाडि जे देखिन्छ, पछाडि त्यस्तो हुँदैन । विश्व चर्चित गायिका वियोन्स यतिबेला आफ्नै बडीगार्डसँगको प्रेममा डुबेकी छिन् । उनले आफ्ना पति एवं गायक जय जेलाई चिट गर्दै बडीगार्ड जुलियस डे बोइरसँग प्रेम सम्बन्ध राखेपछि घटनाले तनावको रुप लिएको हो ।
जयले बियोन्स र जुलियसको विचमा रोमान्स चलिरहेको थाहा पाएका छन् । फेब्रुअरीमै जय जुलियसलाई हटाउन चाहन्थे तर बियोन्सले आफ्नो बडीगार्ड कतै नजाने भन्दै रोकेकी थिइन् ।
सन् २००९ मा चर्चित गायिका र उनका बडीगार्ड एक होटलमा भेटिएका थिए । जय आफ्नो श्रीमतीको बडीगार्डसँगको निकटतालाई लिएर निक्कै तनावमा छन् । उनीहरुले पर्दा पछाडि थुप्रै पटक समय बिताएको भारतको चर्चित अनलाइन पत्रिका टाइम्स अफ इन्डियाले श्रोतलाई उल्लेख गर्दै लेखेको छ । बियोन्सको साथमा होटलमा बडीगार्ड धेरैपटक सँगै रहेको खबर सार्वजनिक भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget