news and more entertainment

शिव भन्छन्-’यौन दुराचारको षड्यन्त्र गर्नेलाई खोज्दैछु, भेट्टाएमा कुट्छु’

 
shiva-bk
भिडियो निर्देशक शिव वीकलाई एक मोडलले यौन दुराचारको आरोप लगाएछि केही दिन अघि मिडियामा खुबै चर्चा भयो । मोडलले फोटोसुटका लागि बोलाएर आफूलाई चियामा लठ्ठ पार्ने औषधी राखेर वीकले यौन दुराचार गर्न खोजेको आरोप लगाइन् ।
मोडलको यो आरोपछि भिडियो निर्देशक वीकले अनलाइनखबरसँग कुरा गर्दै आफूमाथि षड्यन्त्र भएको बताए । केही दिन अघि मात्र घटनाको बिषयमा छलफल गर्न केही संगीतकर्मीहरु आरोप लगाउने मोडलको साथमा शिवलाई राखेर काठमाण्डौको यूनियन हाउसमा बसेका थिए । जसमा शिवले निर्देशन गरेको २ लोकगीतको भिडियोमा अभिनय गरेकी ती मोडलले माफी माग्नुपर्ने शर्त अघि सारेकी थिइन् ।
तर शिवले ती मोडललाई जुन जवाफ फर्काए, त्यसले उक्त छलफलमा सहभागी संगीतकर्मीहरु अचम्ममा परे । आफूलाई यौन दुराचार गर्न खोजेको बताउने मोडललाई शिवले-’बालाजु होटलमा रात बिताएको बिर्सियौ’? भन्दै प्रश्न गरे । शिवको प्रश्नमा मोडलले ‘कुन होटल’ ? भन्ने जवाफ मात्र फर्काइन् । शिवले ‘त्यती धेरै होटलमध्यै खै कुनमा गयौ भन्दै’ जवाफ फर्काएका थिए । यसपछि घटना साम्य भयो । अनलाइनखबरसँग कुरा गर्दै भिडियो निर्देशक वीकले जवाफ फर्काएको पुष्टी गरे ।
उनले आफू बाध्य भएर भित्री कुरा खोलेको बताए । उनले आफूलाई फसाउँन ती मोडललाई परिचालन गरिएको बताए । यो ‘घटना यसरी चर्किन खालको नै हैन, मसँग केही महिनाअघि नै रात बिताएकी एक यूवतीलाई म किन यौन दुराचार गर्छु’, शिवले अनलाइनखबरसँग भने ।
शिवले आरोप लगाउने मोडलसँग आफूले भिडियोमा काम गर्नु अघि नै बालाजुको होटलमा रात बिताएको बताए । ‘मैले भिडियो खेलाइदिन्छु भन्दै उसँग रात बिताएको होइन । उसँग मेरो राम्रोसँग चिनजान पनि भएको थिएन ।
उसले पहिलो भेटमै तपाइले चाहे आफू जहाँ पनि जान सक्ने भनेपछि हामी बालाजु होटलमा गएको र एक रातसँगै बसेका हौं’ शिवले अनलाइनखबरसँग भने’ । उसले आफूलाई सुरुबाटै फलो गरेको शिवको भनाई छ ।सुर्खेत घर भएकी उक्त मोडललाई शिवले २ वटा लोकगीतको भिडियोमा मोडलिङ समेत गराएका छन् ।
उनले परिचालित भएकी मोडललाई आफूले दोष नदिने भन्दै षड्यन्त्र गर्ने सबैलाई खोज्दै हिडेको र भेट्टाएमा कुट्ने समेत धम्की दिएका छन् । ‘हो हिजोआज म व्यस्त छु, यसैले पनि ममाथि षड्यन्त्र भयो’, शिवले भने । आफू अत्यन्त व्यस्त भएको भन्दै लोकगीत भिडियो निर्देशक वीकले आफूलाई तल पारे धेरै माथि उठ्ने भन्दै षड्यन्त्र भएको जनाए ।
फोटोसेनका क्रममा मोडलले आफूले दिएको चिया खान नमानेको शिवले बताए । तर दिनभर रमाउँदै फोटोसुट गरेको यूवतीले भोली बिहानै आफूलाई यस्तो आरोप लगाउनुको पछाडि ठूलो षड्यन्त्र रहेको शिवको भनाई छ । उनले आफूलाई फसाउँन उक्त मोडलको प्रेमी पनि लागेको आरोप लगाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget