news and more entertainment

छोरीको बलात्कारीसँगै पीडित बालिकाकी आमालाई पनि जेल


Five_students_held_after_girl_alleges_rape-topImage
रुकुम, १९ जेठ ।
छोरीलाई बलात्कार गर्ने आरोपितसँगै आमालाई पनि जेल सजाय भएको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँ यस्तै भएको छ ।
छ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पुरुषसँगै पीडित बालिकाकी आमालाई पनि जिल्ला अदालत रुकुमले आज तीन महिना कैद सजाय तोकेको छ ।
छोरीमाथि बलात्कार भएको भन्दै उजुरी गर्ने आमाले बलात्कार भएको प्रमाण पुग्दापुग्दै पनि बयान फेरेपछि जिल्ला अदालतले अपराधीलाई जोगाउन लागेको आरोपसहित बालिकाकी आमालाई पनि तीन महिनाको कैद सजाय तोकेको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पेउघा–७ का ३३ वर्षीय कालीबहादुर ओलीलाई १० वर्ष कैद सजाय र बालिकालाई रु एक लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
बालिकाकी आमाले रिसइबीको कारण मात्रै ओलीविरुद्ध उजुरी दिएको भन्दै आफ्नी छोरीलाई मकैको डण्ठाले कोतरेको र आरोपित ओली निर्दोष भएको बयान दिएकी थिइन् ।
घटनाका बेला बालिकाको शारीरिक अवस्था, स्वास्थ्य परीक्षणको प्रतिवेदन, बालिकाको सनाखतले बलात्कारको सम्पूर्ण प्रमाण पुगेको भएपनि अन्तिममा आएर उजुरी दिएकै मान्छेले बयान फेरेपछि गलत मनसायले बयान फेरिएको ठहर अदालतले गरेको हो ।
जिल्ला न्यायधीश हेमन्त रावलले प्रमाणहरू पुगेको अवस्थामा पीडितकी आमाले साक्षी बयान दिने क्रममा अपराधीलाई बचाउने खालको बयान दिएकाले तीन महिना कैद फैसला सुनाएको बताउनुभयो ।
गत भदौ १२ गते ओलीले बालिकालाई मदिरा सेवन गरी घर नजिकैको अदुवा बारीमा लिएर जबरजस्ती गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget