news and more entertainment

‘के गर्नु अरु हिरोहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ’ : रेश महरठ्ठा -

 
res-mahrattha
चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’मा ‘सूर्य’ पात्रको भूमिका निर्वाहा गरेपछि नायक रेश महरठ्ठाको अहिले चर्चा बढेको छ । चलचित्र ‘चाहन्छु म तिमीलाई’ र ‘पिजडा’मा अभिनय गरेका रेश यसपछि एकाएक हराए ।
उनले अमेरिकाबाट नेपाल आएर आधा दर्जन सिनेमामा काम गरे । तर कुनै पनि सिनेमा प्रदर्शनमा नआउँदा दर्शकले उनलाई बिर्सिसकेका थिए । तर चलचित्र ‘मेरो बेष्ट फ्रेन्ड’मा ‘सूर्य’ पात्रको भूमिकामा देखिएपछि रेशले लामो सास फेरेका छन् । यो सिनेमाले उनलाई कमब्याम गराएको छ । उसो त उनले अभिनय गरेको ‘मेरो जीवन साथी’ पनि प्रदर्शनमा आइसकेको छ । तर यो सिनेमा असफल भएपछि रेशलाई फाइदा केही पनि भएन ।
यो सिनेमा हेरेपछि दर्शक र सिनेकर्मीले राम्रो प्रतिक्रिया दिएकोमा रेश दंग छन् । उनले भने, ‘लामो समयपछि कमब्याक हुँदा मलाई खुबै डर लागेको थियो । अरु हिरोहरुसँग पनि यहाँ प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । अब भने ढुक्क भएको छु ।’ सिनेमा हेरेका सभासद्देखि दर्शकले चलचित्रलाई मन पराएको निर्देशक प्रशन्न पौडेलको भनाई छ । नायक रेश महरठ्ठाको प्रदर्शनका लागि आधा दर्जन बढी चलचित्र छन् । तर विविध कारणले उनको नयाँ सिनेमा बजारमा आउन सकेको छैन । रेश बर्ष ७१ आफ्नो कित्तामा जानेमा ढुक्क छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget