news and more entertainment

सुनको भाउ सस्तिने क्रम जारी, आइतबार ५१ हजार नजिक

१८ जेठ, काठमाडौं । स्थानिय बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । यहि क्रममा आइतबार बजारमा सुनको भाउ तोलामा २ सय ५० रुपैयाँ घटेर कारोबार भइरहको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ५१ हजार १ सय ५० रुपैयाँ तोकेको छ । गत शुक्रबार छापावाल सुन तोलाको ५१ हजार ४ सय रुपैयाँ किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि आइतबार तोलामा २ सय ५० रुपैयाँ घटेर ५० हजार ९ सय रुपैयाँमा किनबेच भइरहको महासंघले जनाएको छ । आइतबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा किनबेच भइरको छ । गत शुक्रबार चाँदी तोलाको ७ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget