news and more entertainment

बाबुराम भट्टराइृले भने,‘हामी त बाँदर रहेछौं’

वीरगन्ज,असार१०– क्षेत्रिय कृषि अनुसन्धान केन्द्र परवानीपुरको दुरवस्थाले एमाओवादी नेता बाबुराम भट्टराईको चित्त दुखेको छ । पूर्वप्रधानमन्त्री भट्टराई सोमबार कृषि प्रधान मुलुकको सवैभन्दा पुरानो अनुसन्धान केन्द्रको अवलोकन गरी गतिविधिवारे वैज्ञानिकहरुवाट जानकारी लिएका थिए ।
जानकारी लगत्तै उनले ट्विट गरे,‘बाराको परवानीपुरस्थित कृषिप्रधान देशको अग्रणी अनुसन्धान केन्द्रको दुरवस्था देख्दा हामी त बाँदर रहेछौं भन्ने लाग्यो ।’ भट्टराईले ट्विट गरेपछि भने,‘केन्द्रलाई साधन सम्पन्न र आधुनिकीकरण गरिनु पर्नेमा भएका पुराना संरचना जीर्ण छन्, केन्द्र पनि हराभरा छैन ।’ केन्द्र २०४४ सालमा स्थापना भएको थियो ।
भट्टराईको ट्वीटप्रति केन्द्रका वैज्ञानिकहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले यसबारेमा छलफल पनि गरे । केन्द्रका प्रमुख कैलाशप्रसाद भुँडेरले ट्वीटबारे प्रतिक्रिया दिँदै भने,‘उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरेर हामीले अनुसन्धानकार्य गरिरहेका छौं । उहाँले के देखखेर यस्तो लेख्नुभएको होला ?’अर्का एक वैज्ञानिकले ठट्टा गर्दै भने,‘हामीले पनि ट्विटमा प्रतिक्रिया जनायौं भने साइवर क्राइममा जेल परिएला ।’
भट्टराईले केन्द्रको पुस्तिकामा भने‘कृषि प्रधान देश नेपाललाई कृषिक्रान्तिको आधार तयार गर्न महत्वपुर्ण मुमिका यस केन्द्रले खेल्न सकोस्’भन्ने लेखेका छन् । भट्टराईसँगै एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अबलोकन गरेका थिए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget