यौन व्यवसाय प्रत्येक विश्वकपसँग जोडिएर आउने गरेको छ । विश्वकप मात्र होइन विश्वभरिका मानिस सहभागी हुने ओलम्पिकका पनि योनका चर्चा खुलेर हुन्छ । त्यसैले पछिल्लो दिहरुमा यस्तो ठूलो इभेन्टका अवसरमा सुरक्षित यौन सम्पर्कका लागि अभियान चलाउन थालिएको छ ।
२०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका दौरान ९९ प्रतिशत यौन व्यवसायीले खेलका समयमा कन्डम प्रयोग गरेको अनुसन्धानले पत्ता लगाएको तथ्य बाहिर आएको थियो । यस पटक पनि सुरक्षित यौन सम्पर्क अभियानलाई निरन्तर दिँदै ब्राजिल विश्वकपका आधिकारीक कन्डम सार्वजनिक गरिएको छ ।
ब्राजिलको पहिचान झल्किने पहेंलो र हरियो रङको सो कम्डम यतिबेला अतयाधिक प्रयोग भइरहेको एजेन्सीहरुले बताएका छन् । ब्राजिलमा यौन व्यवसाय बैधानिक छ । त्यसैले विश्वकपका दौरान यौनकर्मीहरु अतयाधिक कमाई गर्ने योजनामा तँछाडमछाड गरिरहेका छन् ।
आधिकारीक कन्डमको नाम 'प्रोटेक्ट दि गोल' राखिएको छ ।
Post a Comment