news and more entertainment

शाहरुख -प्रीति जिन्टाको भिडन्त

१८ जेठ, काठमाडौं ।  भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वान्टी–२० क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ ।

बैंगलोरमा हुने यो पटकको फाइनल भिडन्तलाई बलिउडका नायक–नायिकाबीचको भिडन्तका रुपमा समेत लिइएको छ ।

सातौं संस्करणको उपाधिका लागि एक पटकको विजेता कोलकता नाइट राइडर्स र पहिलो पटक फाइनलमा पुगेको किंग्स इलाभेन पञ्जाब आमने–सामने हुँदैछन् । कोलकता बलिउड अभिनेता शाहरुख खानले लगानी गरेको क्लब हो भने पञ्जाबमा अभिनेत्री प्रीति जिन्टाको लगानी रहेको छ ।

१६ वर्षअघि फिल्म ‘दिल से’मा पहिलो पटक सँगसँगै काम गरेका शाहरुख–प्रीतिबीचको फिल्मीयात्रा सुखद रहे पनि आइपीएलको फाइनलमा भने पहिलो पटक प्रतिद्धन्द्धीको रुपमा देखिंदैछन् ।
saharukh-khan-preity-zinta
शाहरुख प्रीतिले ‘दिल से’सहित ‘कल हो ना हो’, ‘वीर जारा’, ‘कभी अलविदा ना कहेना’मा सँगै काम गरेका छन् ।

महंगा खेलाडीहरु लिएर मैदानमा उत्रिएका यी दुईमध्ये कसले यो पटकको लिगमा बाजी मार्ने हो त्यो भने प्रतीक्षाको विषय बनेको छ ।

अहिलेसम्म शीर्ष स्थानमा रहेको किंग्स इलाभेन पञ्जाब पहिलो क्वालिफायर खेलमा कोलकत्तासँग नै पराजित भएको थियो । दोश्रो  क्वालिफायर सहभाग चम्केपछि चेन्नई सुपर किंग्सलाई पाखा लगाउँदै पन्जाव फाइनलमा प्रवेश गरेको हो । आजको खेल स्थानीय समयअनुसार ६ बजे देखि सुरु हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget