news and more entertainment

‘राजेश दाई र मिथिला दिदीको अगाडि हाम्रो बालबिबाह’ : श्रीकृष्ण र स्वेता

 एकातिर बिहेको तयारी अर्कोतिर फिल्म चलाउने चटारो । यतिबेला नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का यसकै दौडधुपमा छन् । अनलाइनखबरसँग कुरा गर्दै गर्दा उनीहरुसँग धेरै समय थिएन । सिनेमा प्र्रमोशनका लागि एकैदिनमा उनीहरु धेरै ठाउँ पुगिरहेका छन् ।


‘कोहिनुर’ साउन २३ गतेबाट चल्ने भएपछि विवाह बन्धनमा बाधिन लागेको यो जोडीलाई चटारो भएको हो । चर्को लगानी भएकाले पनि श्रीकृष्ण केही दबाबमा देखिएका छन् । तर पनि उनी आफूलाई मिडिया र दर्शकले माया गर्नेमा ढुक्क देखिए ।


राजेश हमालले बिहे गरे लगतै किन त, अनलाइनखबरको प्रश्नमा श्रीकृष्णले भने- ‘दाइले बिहे नगरी गर्दिन भनेको थिए । आखिर त्यस्तै भयो ।’ उनले राजेश हमाल, मिथिला शर्माले ५० कटेपछि बिहे गरेको कुरालाई रमाइलो गर्दै भने-’उहाँहरुको अगाडि त हाम्रो बाल विवाह नै हो । कहिलेकाही त हामी सोच्छौ यो कतै बाल विवाह त भैरहेको छैन ।’

स्वेता र श्रीकृष्णको उमेरमा पनि अन्तर छ । तर उनीहरुको प्रेमलाई उमेरले छेकेन । यसैले त एकसाथ काम गर्दा गर्दै माया बसेको उनीहरुले थाहा नै पाएनन् । श्रीकृष्ण र स्वेताको माया त बस्यो, तर डेटमा जान पाएनन् । ‘अब बिहे पछि नै होला हाम्रो डेट’, यो जोडीले एकैसाथ भन्यो ।

श्रीकृष्ण श्रेष्ठ र स्वेताले ‘कोहिनुर’ र बिबाहको बिषयमा अनलाइनखबरसँग खुलेरै कुरा गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget