news and more entertainment

आमाले जब १० दिने छोरा २१ हजारमा बेचिन् …

२०७१ जेठ २४ गते
भारतमा एक महिलाले आफ्नो नवजात छोरा १३० पाउण्ड अर्थात झण्डै २१ हजार नेपाली रुपैयामा बेचेकी छन् ।

३२ वर्षकी गौरी साह पश्चिम बंगालको जलपाइगुडीको रेलवे ट्राक नजिकैको गाउँमा बस्छिन् । उनका तीन छोरी छन् । उनीहरुको उमेर ३ देखि ८ वर्षको छ । चौथो बच्चा हुने भएपछि उनका पतीले उनलाई छाडे ।
उनले हालै मात्र छोरा जन्मिइन् । तर, गरीबीको कारण उनले १० दिनको छोरालाई सन्तान नभएको दम्पत्तिलाई झण्डै २१ हजारमा बेचेकी छन् ।
यद्यपि छिमेकीले विरोध गरेपछि स्थानीय प्रशासनले बच्चालाई उद्दार गरिएको छ । गौरीले आफ्नो छोराले लिन अस्वीकार गरेपछि बच्चालाई बालगृहमा राखिएको छ ।
उनको परिवारको आम्दानी भनेको ७० वर्षकी बुढी आमाले सडकमा मागेर ल्याउने केही रुपैयाँ मात्र हो । उनले भनेक छिन्-’आठ महिनाअघि पतीले तीन बच्चासँगै मलाई छाडेर गए । हामी आमाले मागेर ल्याउने पैसाको भरमा बाँचेका छौं । उहाँले दिनमा १ सय भारुसम्म ल्याउनुहुन्छ । मसँग भएका बच्चा पाल्ने पैसा छैन । अर्कोलाई के गर्नु ?’

आफू अस्पतालबाट डिस्चार्ज भएपछि सन्तान नभएको एक दम्पतीले १३० पाउण्ड अर्थात झण्डै १३०० भारुमा बच्चा दिन प्रस्ताव गरेको उनले बताइन् । उनले भनेकी छन्-’मसँग अर्को विकल्प थिएन । मलाई लाग्यो मेरो छोराले उनीहरुसँग राम्रोसँग बच्न पाउँछ ।’
उनले सरकारले सहयोग गरे आफू आफ्नो छोरा फिर्ता लिन तयार रहेको समेत बताएकी छन् । स्थानीय प्रशासनले भने छोरा लिने नलिनेबारे निर्णय गर्न ६० दिनको म्याद दिएको छ । अन्यता बच्चालाई धर्मपुत्रका रुपमा सन्तान नभएका दम्पत्तिलाई दिने अधिकारीहरुले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget