news and more entertainment

प्रधानमन्त्रीको पछि–पछि को हुन यी महिला ?

काठमाडौं,असार ६– प्रधानमन्त्री सुशील कोइरालाको कोटरीमा अचेल एउटी महिलाको रवाफ बढ्न थालेको देखेर कोइराला परिवारकै अन्य सदस्य आश्चर्यमा परेका छन् ।प्रधानमन्त्रीको किचनसम्म पुग्ने हैसियत राख्न थालेकी महिला हुन, लामो समयदेखी अमेरिकामा बस्दै आएकी मृदुला कोइराला । अहिले कोइराला अमेरिकामा स्वास्थ्य परिक्षणका सिलसिलामा अमेरिका भ्रमणमा छन् । उनका साथमा उनका निजी चिकित्सक करबिरनाथ योगी, एक सुरक्षा गार्ड र सहयोगीका रुपमा मृदुला कोइराला छिन् । मृदुलाले एक छिन पनि प्रधानमन्त्रीलाई छाडेकी छैनन् ।

एक साताअघि नेपालमा गरिएको स्वास्थ्य परिक्षणका क्रममा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका गएका हुन् । । जिब्रोमा भएको क्यान्सर उपचारका लागि कोइराला हरेक वर्ष अमेरिका जाने गरेका छन् । सन् २००६ यता कोइरालाको हरेक वर्षको अमेरिका बसाईंमा मृदुलाले नै विशेष सेवा गर्दै आएकी छिन् । अमेरिकाको स्लोन क्याटरिङ क्यान्सर सेन्टरमा उनको उपचार हुने गर्छ ।
यसरी एकाएक प्रधानमन्त्रीको कोटरीमा प्रभावशाली बनेकी मृदुला कोइराला परिवार भित्रकी सदस्य भने हैनन् । कोइराला परिवारसँग यीनको टाढाको नाता पर्छ । सुशीलकी सानी आमाकी देवरकी छोरी पर्छिन् । विराटनगर घर भएकी र त्यही नै माइती भएकी मृदुला घिमिरे परिवारकी छोरी हुन । उनी कवि डा. गोविन्द कोइरालाकी पत्नी हुन । उनले अमेरीकाको ग्रिन कार्ड पनि लिइसकेकी छिन् । काँग्रेस विदेश विभागकी सदस्य मृदुला अमेरीकामा रहेका काँग्रेसजनमाझ विवादास्पद पनि छिन् । काँग्रेसको अमेरिकास्थित सम्पर्क समितिको राजनीतिमा उनले ठाडो हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ ।
गिरिजाप्रसाद कोइरालाले विशेष स्नेह गर्ने भएकाले गिरिजाको निधनपछि यीनलाई सुशीलले पनि स्नेह गर्न थालेका हुन । अमेरिकाको न्यूयोर्क पुगेका बेला मृदुला ‘शुसील दा’ को सेवामा कुनै कसर बाँकी राख्दीनन् । सुशील प्रधानमन्त्री भएपछि त उनको बास नेपालमै हुन थाल्यो । कोइरालाको किचन क्याबीनेटसम्म पुग्न थालिन् । अचेल उनी पहिले भन्दा धेरै शक्रिय भएको देखेर अन्य काँग्रेसजन पनि छक्क परेका छन् । मृदुलाको यो पछिल्लो शक्रियताको खास कारण के हो त ? बालुवाटार निकट सुत्र भन्छ, ‘मृदुला जसरी हुन्छ अमेरिकामा नेपाली राजदूत भएर जान चाहन्छीन् । जसरी हुन्छ राजदूत पड्काउने उनको दाउ हो ।’ राजदूत बन्नका लागि प्रधानमन्त्रीसँग भेट्दा उनी ‘मैले के सेवा गर्नुप¥यो ? पार्टी र हजूरको जस्तोसुकै सेवा गर्न पनि तयार छु । मलाई पनि अमेरिकामा देश र पार्टीको सेवा गर्ने मौका दिनुप¥यो’ भन्ने गर्छिन् ।
 अमेरिकामा रहेका एक काँग्रेस कार्यकर्ताका अनुसार कोइराला अमेरिका पुगेमा उनलाई उनी आफ्नै निवासमा राख्ने गर्छिन् । अरुकहाँ गएर बसेको देखी सहन्नीन् । गत वर्ष जिब्रोको उपचारका लागि अमेरीका गएका बेला शुसीललाई आफ्नो निवासमा लैजाने विषयमा मृदुला र अर्की एक काँग्रेस महिलावीच भुत्ला भुत्ली नै भएको समाचार रातोपाटीले प्रकाशित गरेको थियो । गत वर्ष जुलाई ८ मा सुशील अमेरिकाको बाल्टीमोर पुगेका थिए । बाल्टीमोरमा नेपालगञ्जकी नेतृ उमा कार्कीको घरमा सुशील बसेको चाल पाएपछि मृदुलाले न्युयोर्कस्थित आफ्नो घरमा सुशीललार्ई लैजान चाहीन् । तर उमाले भनीन, ‘दाई मेरोमै बस्नुपर्छ । म नेपालगञ्जकी हुँ ।’ उमाले यसो भनेपछि मृदुला र उमावीच न्यूयोर्क फर्कने र बाल्टीमोरमै बस्ने विषयमा चर्काचर्की नै प¥यो । शुसील ‘दा’ हेरेको हेर्यै भए । भनाभन चर्केर हात हालाहालमा पुग्यो । भुत्लाभुत्ली नै भयो । भुत्ल्याउने कामको थालनी मृदुलाबाटै भएको प्रत्यक्षदर्शीले बताएका थिए । तिन मिनेटसम्म भुत्लाभुत्ली भएपछि सुशीलले कड्किदै भने, ‘तिमीहरु लड्ने हो भने म हिंडे ।’ अनी बल्ल झगडा शान्त भएको थियो । त्यस दिन सुशील उमाकै घरमा बसे ।
च्याटमै ‘आइ लभ यू’
मृदुला कोइराला र काँग्रेसका युवा नेता चन्द्र भण्डारीको ‘च्याट प्रेम’ पनि निकै चर्चित छ । गुल्मीका काँग्रेस नेता र मृदुलावीच भएको च्याट संवादबारे जनआस्था साप्ताहिकमा ‘नेता र नेतृको च्याटमा नखरा’ शिर्षकमा समाचार प्रकाशीत भएको थियो । च्याट संवाद यस्तो थियो ः
मृदुला : जय नेपाल
चन्द्र : नो नो नो जय नेपाल
मृदुला : किन ?
चन्द्र : जय नेपाल भन्दा टाढाको जस्तो लाग्छ, त्यसैले ।
मृदुला : किन म त्यति नजिककी छु र ?
चन्द्र : त्यो पनि भन्नुपर्छ र ?
मृदुला : अब त कुरा गर्ने बानी परिसक्यो है, एक दिन कुरा नगर्दा पनि कस्तो कस्तो लाग्छ है ।
चन्द्र : महेन्द्रकी दिदी कता हराएको ?
मृदुला : म सबैको दिदी हा हा ।
चन्द्र : तर मेरो हैन नी ।
मृदुला : म बुढीमान्छे सबैकी दिदी ।
चन्द्र :नो यू आर योङ ब्युटीफूल । आइ लभ यू ।
मृदुला : मि टु ।
चन्द्र : नेपाल आउ न, बसेर रमाइलो गरौंला ।
मृदुला : शुसील कोइराला अमेरीका आउने कुरा छ । म सँगै फर्कीन्छु । अनि बसेर रमाइलो गरौंला नी है ।
चन्द्र : स्काइपमा आउ न कस्तो हेर्न मन छ ।
मृदुला : ल ल म आइ हाल्छु ।
चन्द्र : किन ढिलो ?
मृदुला : त्यो केदार काले (पत्रकार केदार कोइराला)सँग कुरा गर्र्दैछु क्या । एलेक्सन हारेछ नी ।
चन्द्र : ल ल छिटो आउ नानू मैले कन्ट्रोल नै गर्न सकिन लभ यू डियर ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget