आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो ।
त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै
स्वास्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्व युक्त खाना खाने गर्नु
पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी स्वस्थ्य रहन
सकिन्छ। आउनुस पढ्नुस आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदाहरु...
१) हरियो सागसब्जी र फलफुल
हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र
फलफुल सधै खाने गर्नु पर्छ । यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान
गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री
भागलाई स्वास्थ्य राख्दछ।healthy eye
२) भिटामीन युक्त खानेकुराः
भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना
खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतिबिन्दुबाट पनि
सधैका लागि मुक्त गराईदिन्छ।
३) बदामः बदाममा भिटामीन पाईने हुँदा राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ ।
४) माछाः माछामा ओमेगा ३ फ्याटी एसिड पाईन्छ। यस्ले आँखालाई धेरै फाईदा
पुर्याउँदछ । एउटा ताजा खोजका अनुसार माछा आँखाको ज्योतीका लागि पनि राम्रो
मानिन्छ ।
५) अण्डाः अण्डामा ल्यूटिन र जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको
निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको
एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ ।
Post a Comment