news and more entertainment

क्यासिनोको कार्यक्रममा सन्नीसँगै प्रियंका, सुष्मा र अर्चनाको जवानी छल्कने

२०७१ जेठ २५ गते
नयाँ बर्षको अवसरमा नेपाल आएकी सन्नी लियोनीको दौडधुप रोकिने छाटकाँट छैन । विभिन्न कार्यक्रममा पुगेर बलिउडकी एडल्ट नायिका आफ्नो मस्त जवानी प्रस्तुत गर्दैछिन् । यही क्रममा असार ७ गते सन्नी सिक्किममा आयोजना हुने एक कार्यक्रममा सहभागी हुँदैछिन् ।
सिक्किमका सीएमको क्यासिनो र होटलको बाषिर्कोत्सवको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रममा सन्नीको हट नृत्य हेर्न पाइनेछ । यही क्रममा सन्नीसँगै आफ्नो जवानी छल्काउन नेपाली सिनेमाका हट नायिकाहरु पनि पुग्ने वुझिएको छ । उक्त कार्यक्रममा नायिकाहरु प्रियंका कार्की, सुष्मा कार्की र अर्चना डेलाला सहभागी हुनेछन् । यही कार्यक्रममा गायिका आस्था बी पनि सहभागी हुनेछिन् ।
कार्यक्रममा अर्चनाले ‘रामलिला’ सिनेमाको शिर्षगीत र ‘जीक ज्याक’ जवानी बोलको गीतमा नृत्य गर्नेछन् । यस्तै सुष्मा र प्रियंकाले पनि आफ्ना चर्चित गीतमा कम्मर मर्काउने वुझिएको छ ।
नयाँ बर्षको अवसर पारेर काठमाण्डौको हायात होटलमा आयोजना गरिएको सांकृतिक कार्यक्रममा सन्नी सहभागी भएकी थिइन् । उक्त समारोहमा नायिका निशा अधिकारी उद्घोषकको रुपमा पुगेकी थिइन् । अब सिक्किम आयोजना हुने कार्यक्रममा बलिउड एडल्ट नायिकासँगै नेपालका हट नायिकाहरुको डान्सले कत्तीको धमाका मच्चाउँने हो, त्यो भने हेर्न बाँकी नै छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget