news and more entertainment

नायिका स्वस्तिकाद्वारा आत्महत्या प्रयास

82435-the-east-india-jewellery-show-brings-to-kolkataan-initiative-to.jpg
बंगाली फिल्म उद्योगकी चर्चित नायिका स्वस्तिका मुखर्जीले आत्महत्याको प्रयास गरेकी छिन्। उनी बलिउडकी नवोदित नायिकासमेत हुन्। तिनै नायिका शनिबार अचानक एपोलो हस्पिटलमा भर्ना भइन्। उनले आत्महत्याको प्रयास गरेपछि यसरी हस्पिटलमा भर्ना हुनुपरेको हो।
समाचारमा जनाइए अनुसार उनको पाखुरामा गहिरो चोट लागेको छ भने डा. कौशिक नन्दीले उनको अप्रेसन गरेका छन्। हस्पिटलका अनुसार पाखुरा र नाडीमा सिसाँगाडिएको अवस्थामा उनी त्यहाँ पुगेकी थिइन्। ‘उनी हस्पिटलमा आइपुग्दा उनको पाखुरा र नाडीमा सिसाँरहेका थिए। त्यसलाई हामीले झिकेका छौं। उनी अहिले खतरामुक्त रहेकी छन्।’ –डा. नन्दीले भनेका छन्।
उनले प्रेमीसँग झगडा भएका कारण आत्महत्या प्रयास गरेको अनुमान गरिएको छ। तर उक्त कुरा पुष्टि नभइसकेकाले स्वस्तिका स्वयम्बाट यसको स्पष्टीकरण आउने प्रतीक्षामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ३३ वर्षीया यी नायिका बंगाली फिल्म क्षेत्रमा निकै चर्चित छिन्।सन् २००३ मा फिल्म हेमान्तर पाखीबाट डेब्यु गरेकी उनी १८ वर्षकै उमेरमा गायक प्रोमित सेनसँग विवाह बन्धनमा बाँधिएकी थिइन् भने केही वर्षपछि उनीहरु अलग्गिएका थिए। त्यसपछि उनी अभिनेता जित र त्यसको केही समयपछि अर्का अभिनेता परमव्रत चटर्जीको सम्बन्धमा रहेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget