news and more entertainment

रुस समर्थक विद्रोहीले युक्रेनी सेनाको हेलिकोप्टर खसाले

१५ जेठ, एजेन्सी ।
युक्रेनमा संघर्षरत रुस समर्थक विद्रोहीहरुले युक्रेनी सेनाको हेलिकोप्टर खसालिदिएका छन् । हेलिकोप्टर खस्दा त्यसमा रहेका कम्तिमा १४ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
निवर्तमान राष्ट्रपति ओलेक्जेण्डर तुर्किनोभले विद्रोहीहरुले रुसमा बनेको एन्टी एयर क्राफ्ट प्रणाली प्रयोग गरेर हेलिकोप्टर खसालेको बताएका छन् ।


मारिनेहरुमा उच्च सैनिक अधिकारीहरु पनि रहेको बताइएको छ ।
युक्रेनमा रुस समर्थक विद्रोही र सरकारी सेनाबीच स्लोभियान्स्क शहरमा केही साता यता भिषण संघर्ष भैरहेको छ ।
नवनिर्वाचित युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले देशको पूर्वी क्षेत्रमा सक्रिय पृथकतावादीहरुलाई ढाँकाको सज्ञा दिँदै उनीहरुलाई तह लगाउने चेतावनी दिएका छन् ।

रुस समर्थक विद्रोहीहरुले युक्रेनका दोनेस्क र लुहान्सकलाई स्वाधिन क्षेत्र घोषणा गरिसकेका छन् ।
यस अघि रुसको पूर्वी स्वाधिन क्षेत्र क्रिमिया जनमतसँग्रहको माध्यमबाट रुसमा गाभिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget