news and more entertainment

सञ्चारमन्त्रीलाई हैरान पारे भूमिका र उषाले

 
usha-and-bhumika
चलचित्र सेन्सर बोर्डबाट निकालिएका दुई महिलाले सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाललाई सजिलो गरी काम गर्न नदिई हैरान पारेका छन् । पुनरावेदन अदालतको आदेश किन कार्यन्वयन नगरेको भन्दै चलचित्र सेन्सर बोर्डबाट निकालिएका दुई सदस्य उषा लोहनी र भूमिका सुब्बाले रिजाललाई फोन मार्फत हैरान पारेका हुन् ।
चलचित्र सेन्सर बोर्डबाट मन्त्री रिजालले लोहनी र सुब्बालाई हटाई नेपाली कांग्रेस निकट ३ चलचित्रकर्मीलाई नियुक्त गरेका थिए । आफूलाई हटाएपछि लोहनी र सुब्बा पुनरावेदन अदालत पुगेका थिए । अदालतले आफूहरुलाई पूर्नबहाली गर्न आदेश दिएको भन्दै उनीहरु मन्त्री रिजाललाई दबाब दिइरहेका छन् ।
लोहनी र सुब्बालाई बढीमा २ बर्षका लागि चलचित्र सेन्सर बोर्डमा नियुक्त गरिएको थियो । उनीहरुले २ बर्ष नै काम गर्न पाउनु पर्ने दाबी गर्दै अदालत गुहारेका थिए । मन्त्री रिजालले लोहनी र सुब्बा सहित शिवजी प्रसाद सिंहलाई हटाई निर्देशक सुरेश दर्पण पोख्रेल, नायिका मेलिना मानन्धर र कांग्रेस निकट विमल संग्रौलालाई सेन्सर बोर्डमा ल्याएका हुन् ।
बुधबार मात्र भूमिका सुब्बाले मन्त्री रिजाललाई फोन गरी आफूसँग भेट्न आग्रह गरेकी छिन् । तर मन्त्री रिजालले भने आज फुर्सद नभएको र भोलि गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र भेट्ने भन्दै टारेको सुब्बाले अनलाइनखबरलाई बताइन् ।
चलचित्र सेन्सर बोर्ड राजनीतिक दलको कार्यकता भर्ती गर्ने केन्द्र बन्दै आएको छ । जसका कारण पनि चलचित्र सेन्सर गर्न पुग्ने चलचित्रकर्मीले अनावश्यक झन्झट ब्यहोर्दै आएको गुनासो गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget