news and more entertainment

घाँटी खसखसाएमा प्राकृतिक उपचार

(एजेन्सी)–चिसो मौसममा रुघा, खोकी लाग्ने र घाँटीको समस्याले मानिसलाई धेरै नै सताउने गर्दछ । घाँटी खसखसाउने समस्या उत्पन्न हुनुमा ब्याक्टेरिया वा भाइरसको संक्रमण हुनसक्छ । ब्याक्टेरियाको संक्रमण भएमा रुघा लाग्दैन भने भाइरसले गर्दा रुघा लाग्छ । भाइरसको संक्रमण हो भने एन्टिबायोटिक्सले असर गर्दैन । त्यसैले भाइरसको संक्रमणले घाँटी खसखसाएमा विभिन्न प्राकृतिक उपचार गर्न सकिन्छ ।
चियाः
विभिन्न चियाले घाँटी खसखसाउने समस्या हटाउने मद्दत पुग्छ । अदुवा, कागती र दालचिनी हालेर बनाइएको चिया दुई÷तीन कप पिउने गरेमा फाइदा पुग्छ ।
यसैगरी अदुवामा कागती र मरिच हालेर पनि चिया बनाउन सकिन्छ । यसले घाँटीबाट कफ पनि बाहिर निकाल्छ ।
घाँटी खसखसाउने समस्या भए घाँटीभित्र सुख्खा हुनदिनु हुँदैन । पर्याप्त पानी र चिया पिउने गरेमा घाँटी सुख्खा हुन पाउँदैन ।
नुनपानीले कुल्ला गर्नेः
नुन पानीले कुल्ला गर्ने परम्परा शताब्दीयौँदेखि चल्दै आएको छ । यसले काम गर्छ । मनतातो पानीले कुल्ला गरेमा झनै राम्रो हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget