news and more entertainment

वर्ल्डकपको आगमनसँगै ब्राजिलमा यसरी हुन्छ यौन धन्दा (फोटो फिचर)


call girl
एजेन्सी, १५ जेठ । जब बिस्तारै रात छिप्दै जान्छ, एन्ड्रियना डे मोरिस सडकछेउ वा डिस्को क्लबमा जान्छिन् । ग्राहक भेटिँदा मोरिसको दुई छाक टर्छ । ग्राहक नभेटिँदा उनी भोकै बस्न बाध्य हुन्छिन् । ब्राजिलको राजधानी साउ पाउलोमा मोरिसको हरेक रात ग्राहक खोजीमै बित्छ । उनी एक यौनकर्मी हुन् । ब्राजिलका विभिन्न सहरमा मोरिसजस्ता हजारौँ यौन व्यवसायी ग्राहककै प्रतीक्षामा रात बिताउँछन् । उनीहरूका लागि ग्राहक पाउने/नपाउने नौलो होइन । यो त उनीहरूको दिनचर्या नै बनिसकेको छ । अब उनीहरूले ग्राहकका लागि चिन्ता गर्नु पर्दैन ।
छिट्टै ब्राजिलियन यौनकर्मीको दिनचर्या फेरिन लागेको छ । कारण हो, विश्वकप फुटबल प्रतियोगिता । यौन व्यवसायमा लागेका महिलाले विश्वकपलाई लामो समयदेखि पर्खेर बसेका रहेछन् । विश्वकपबाट आफूहरूको जीवन सुध्रिने अपेक्षा उनीहरूको छ । धेरैजसो यौनकर्मीका समान उद्देश्य छन्– विश्वकप दौरान आउने पर्यटकसँग महँगो रकममा सेक्स गर्ने र बढीभन्दा बढी धन आर्जन गर्ने । विश्वकप फुटबल प्रतियोगिता ब्राजिलको दश सहरमा हुँदै छ ।
call girl1
ती दश सहरका यौनकर्मीहरूले फुटबल हेर्न आउने दर्शक आफूतिर तान्ने कोसिस गर्नेछन् । अक्सर विश्वकपमा आफ्नो टोलीलाई समर्थन गर्न समर्थक लामो बिदा लिएरै आयोजना स्थलमा पुग्ने गर्छन् । फुटबलकै लागि श्रीमती वा प्रेमिकासँग टाढिएर बासेका ती पर्यटक यौनप्यास मेटाउन यौनकर्मी महिलासँग रात बिताउन जाने गर्छन् । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पर्यटकहरू विदेशी महिलासँग यौन सम्पर्कका लागि पनि जाने गरेका देखिन्छन् । खेलजगत्मा यो कुनै नौलो विषय होइन । अझ सम्बन्धित आयोजक राष्ट्रले समेत यौन पर्यटनबाट पनि आम्दानी गर्न चाहन्छ। यस कारण विश्वकप र ओलम्पिक आदि ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा सरकारले पनि यौन पर्यटनलाई खुला राख्ने गर्छ ।
ब्राजिलियन सरकारले पनि विश्वकपको अवसरमा यौन पर्यटनमाथि हस्तक्षेप नगर्ने घोषणा गरिसकेको छ । ब्राजिलमा १८ वर्ष नाघेकी महिलालाई यौन पेसामा जान स्वतन्त्र छ । ब्राजिलियन राष्ट्रपति डिलिमा रोसेफलेले पनि विश्वकपमा यौन पर्यटनको स्वागत गरेकी छिन् । राष्ट्रपति डालिमाले ट्विटरका माध्यमबाट विश्वकपमा आउने पर्यटकले यौन पर्यटनलाई टेवा पुर्‍याउने भनाइ पोस्ट गरेकी छिन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget