news and more entertainment

करणको फिल्ममा साहरुख हैन सलमान खान

 137  0 
  0
salman-and-karan-johar
बलिउडमा साहरुख खान र करण जोहरलाई निक्कै नजिकका साथी मानिन्छ । साहरुख र करणले एकअर्काको करिअर निर्माणमा महत्वपूर्ण भूमिका निर्वाहा गरेका छन् । यसैले पनि यी दुइको दोस्तीमा अरुको आखा लाग्दैन पनि भनिन्छ ।
तर, पछिल्लो समयमा भने साहरुख र करण जोहरको सम्बन्ध बिगि्रएको बताइन्छ । करण जोहरको निक्कै महत्वकांक्षी चलचित्र ‘शुद्धी’ निर्माणको तयारीमा लागेका छन् । उनको चलचित्रमा कलाकार को हुने भन्ने बिषयमा ठूलै चर्चा भैरहेको छ । नायक ऋतिक रोशन र नायिका करिना कपुरलाई सिनेमामा लिने चर्चा थियो । तर यो जोडी अन्तिम समयमा आएर सिनेमा खेल्न असमर्थ देखियो ।
यसपश्चात नायक साहरुख खानको नाम पनि निक्कै अगाडि आएको थियो । तर निर्माता करण जोहर चलचित्रमा नायक सलमान खानलाई लिने तयारीमा लागेका छन् । केही दिन अघि मात्र सलमान र करणको भेट भएको छ । सलमानको निवासमा करणले भेट गरेका हुन् । सलमान करणको यो सिनेमाप्रति पूर्णरुपमा सकारात्मक देखिएका छन् ।
साहरुखका निक्कै नजिकका मित्र करण जोहरको सिनेमामा सलमान खान देखिए अचम्म नमान्दा हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget