news and more entertainment

शिश्नमुण्डन गरिएका पुरुषले अन्य पुरुषको तुलनामा यथेष्ट यौन चरमोत्कर्षको आनन्द पाउन नसक्ने

शिश्नमुण्डन भन्नाले लिङ्ग अग्रभागको छाला हटाउनु भन्ने बुझिन्छ । कुनै–कुनै सम्प्रदायमा बाल्यावस्थामै  लिङ्गको   अग्रचर्म हटाउने परम्परा पनि छ । तर यसरी शिश्नमुण्डन गरिएका पुरुषले अन्य पुरुषको तुलनामा यथेष्ट यौन चरमोत्कर्षको आनन्द पाउन नसक्ने बेल्जियममा हालै गरिएको एक अध्ययनले देखाएको छ । गेन्ट युनिभर्सिटी हस्पिटलसँगको सहकार्यमा गरिएको उक्त शोधका वरिष्ठ अनुसन्धानकर्ता डा. पिएट होएवेकेले शिश्नमुण्डनका कारण लिड्डको संवेदनशीलताको मात्रामा कमी हुने बताएका छन् ।

बेल्जियमका विभिन्न रेल स्टेसनहरूमा १८ वर्षको उमेरभन्दा माथिका १ हजार ३ सय ६९ पुरुषमा शिश्नमुण्डन र लिड्डमा पर्ने प्रभावबारे अध्ययन गरिएको थियो । उनीहरूलाई शिश्नमुण्डन गरिएको छ⁄छैन, लिड्डको संवेदनशीलताको स्तर कस्तो छ, चरमोत्कर्षको तीव्रता कस्तो छ र लिड्ड उत्तेजित हुँदा दुख्ने वा लाटोपनको महसुस हुने गरेको छ⁄छैन ? आदि प्रश्नहरू गरिएको थियो । सर्वेक्षणमा संलग्न ३ सय १० पुरुषको शिश्नमुण्डन गरिएको थियो भने १ हजार ५९ पुरुषको शिश्नमुण्डन गरिएको थिएन । उनीहरूलाई सोधिएको जवाफका आधारमा शून्यदेखि ५ अड्ढसम्म दिएर लिड्डको संवेदनशीलता सम्बन्धी मापन गरिएको थियो ।

सो अनुसन्धानमा शिश्नमुण्डन गरिएका पुरुषको तुलनामा नगरिएकाको लिड्डको संवेदनशीलता एवम् यौनसुखको मापन ०.२ देखि ०.४ अड्ढले बढी पाइएको थियो । साथै यौन उत्तेजना भएको बेला शिश्नमुण्डन नगरिएका पुरुषको लिड्डको सुपारी आकारको अग्रभाग हल्लिने गरी तनक्क हुने गरेको पाइयो भने शिश्नमुण्डन गरिएकाहरूमा यस्तो स्थिति न्यून भएको पाइयो । त्यसै गरी शिश्नमुण्डन नगरिएका पुरुषको चरमोत्कर्षको स्तर पनि तुलनात्मकरूपमा धेरै भएको पाइयो । शोधकर्ता होएवेकेले संवेदनशीलताको भिन्नता धेरै नभए पनि त्यो भिन्नता महत्त्वपूर्ण रहेको बताएका छन् ।

लिड्डको अग्रभाग छालाले छोपिने हुँदा यो छोपिएको भाग लुगामा घर्षण हुन पाउँदैन र संवेदनशील भइरहन्छ । तर लिड्डको अग्रभागको छाला पूरै हटाएपछि लुगामा हुने निरन्तर घर्षणले लिड्डको टाउको बाक्लो–सुक्खा बन्ने सम्भावना हुन्छ । अन्ततः लिड्ड कम संवेदनशील बन्न सक्छ । त्यसै गरी शिश्नमुण्डन नगरिएकाको तुलनामा गरिएका पुरुषको वीर्य स्खलनको समयमा दुखेको र लाटोपन महसुस हुने गरेको पनि पाइएको छ । तर यो पछिल्लो अध्ययनमा सरिक नरहेका डा. आरोन टोबियान भने शिश्नमुण्डनबाट यौनसुख र सन्तुष्टिमा खासै फरक नहुने बताउँछन् ।

अहिले करिब ५० प्रतिशत अमेरिकी बालकको शल्यक्रिया गरी लिड्डको अग्रभागको छाला काट्ने गरिएको छ । विश्वमा हेर्ने हो भने करिब ३० प्रतिशत पुरुषको शिश्नमुण्डन हुने गरेको बताइएको छ । यहुदी, मुस्लिम आदि सम्प्रदायले शिश्नमुण्डनलाई धार्मिक रूपमा लिने गरेका छन् भने अन्य केहीले मूत्रनलीको संक्रमणको खतरा घटाउने उद्देश्यले यो प्रविधि अपनाउने गरेको पाइन्छ । धार्मिक मान्यता एवम् स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रूपमा गरिएको शिश्नमुण्डन ग्राह्य भए पनि लिड्डको संवेदनशीलतामा भने कमी आउने यो पछिल्लो अध्ययनको निष्कर्ष छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget