news and more entertainment

मोदीद्वारा नेपाल भ्रमणको निम्तो स्वीकार

नयाँ दिल्ली, जेठ १३
प्रधानमन्त्री सुशील कोइरालाले दिएको नेपाल भ्रमणको निम्तो भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीकार गरेका छन्। मंगलबार नयाँ दिल्लीमा दुई देशका प्रधानमन्त्रीबीच हैदराबाद हाउसमा भएको भेटवार्तामा मोदीले आफू पनि नेपाल आउन ईच्छुक भएको र छिट्टै समय मिलाएर नेपाल आउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

प्रधानमन्त्री कोइरालाले आगामी नोभेम्बरमा हुने सार्क शिखर सम्मेलनअघि नै नेपाल आउन आग्रह गर्दै भारतबाट १५ वर्षदेखि उच्चस्तरीय भ्रमण हुन नसकेकोले तत्काल भ्रमण भए त्यसले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरेका थिए।

प्रधानमन्त्री कोइरालाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्ने र तयसपछि आर्थिक स्थायित्व मार्फत विकासको बाटो खोल्ने रहेको भन्दै त्यसको लागि भारतको सहयोगको अपेक्षा ब्यक्त गरेका थिए।

मोदीले नेपालमा तोकिएकै समयमा लोकतान्त्रिक संविधान बनोस् भन्ने भारत सरकारको चाहना ब्यक्त गर्दै लोकतान्त्रिक संविधान, स्थायित्व र विकासको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेको भेटमा सहभागी भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले जानकारी दिए।

मोदीले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई अझै सुदृढ सम्बन्ध बनाउन नयाँ गति दिनु पर्नेमा जोड दिँदै अब नेपाल विकसित र सम्पन्न हुनु पर्ने बताए। भेटमा निधीका अतिरिक्त, काग्रेस विदेश विभाग प्रमुख सुजाता कोइराला, शंसाक कोइराला र भारतीय राजदुत रञ्जित रे लगायतकाको उपस्थिति थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget