news and more entertainment

‘१२ नेपाली एक चिहान’ रोक्न कसले खेल्दैछ डलरको खेल ?

२०७१ जेठ १५ गते १५:०७ मा प्रकाशित
 0  0 
  0
12-Nepali-Ek-Chihan
निर्माता तथा निर्देशक अरुण कुमार प्रधानले विना आधार आफ्नो सिनेमालाई चलचित्र सेन्सर बोर्डले रोक्न खोजेकोमा दुखेसो पोखेका छन् । अमेरिकाको एक अदालतमा इराकमा मारिएका १२ नेपालीको बिषयमा मुद्दा चलिरहेकाले सिनेमालाई तत्काल प्रदर्शन गर्न नसक्ने जानकारी चलचित्र सेन्सर बोर्डले दिएकोे छ । तर मुद्दा कुन बिषयमा कसरी चल्दैछ भन्ने जानकारी आफूले माग्दा नदिइएको अरुणको भनाई छ ।
‘१२ नेपाली एक चिहान’ नामक सिनेमालाई चलचित्र विकास बोर्डले सबै कथा पढेर निर्माण अनुमती दिएपनि अहिले सूचना तथा संचार मन्त्रालयको आदेश भन्दै चलचित्र सेन्सर बोर्डले अनुमती दिन मानेको छैन । सिनेमा हेर्दै नहेरी चलाउन नमिल्ने ठाडो भाषा सेन्सरका कर्मचारीले बोलिरहेका छन् ।
निर्देशक प्रधानले इराकमा मारिएका नेपालीहरुको सबै परिवारसँग आफूले भेटेर सिनेमा निर्माणको इजाजत लिएको बताए । तर अहिले तिनै परिवारले उजुरी गरेको भन्दै सिनेमा रोकिएको जानकारी आफूलाई मन्त्रालयले दिएको प्रधानको भनाई छ ।
चलचित्र निर्माता संघ मार्फत सिनेमा प्रदर्शनको इजाजतका लागि पहल थालिने भएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राइले पहल थाली सिनेमा जसरी पनि प्रदर्शनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सिनेमा भित्र दुई देश विचमा रहेको राजनीतिक, सामाजिक, धार्मिक, साम्प्रादायिक सम्बन्धमा असर पुर्‍याउने खालका कुनै पनि दृश्य नभएको तर्क निर्माणपक्षको छ । वैदेशिक रोजगारीमा जान लागेका नेपालीहरुलाई आफ्नो सिनेमाले सचेतना जगाउने निर्देशक प्रधानको भनाई छ ।
निर्देशक अरुणले पिडित परिवारको नाममा विदेशी डलर खान पल्केकाहरुले नै सिनेमा रोकेको आरोप लगाए । उनले सिनेमा प्रदर्शनमा आएको खण्डमा केही व्यक्तीलाई घाटा लाग्ने भन्दै उनीहरुकै षड्यन्त्रमा सिनेमा रोकिएको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । उनले आफ्नो सिनेमा बनाउन दिने, अनी अहिले रोक्ने कस्तो खेला हो भनी प्रश्न गरे । अन्तिम विकल्पको रुपमा अदालतको ढोका ढकढकाउने उनको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget