news and more entertainment

बुबाका साथीसँग सोनाक्षी नर्भस


sonakshi in red one piece
बलिउडमा अहिले चल्तीकी नायिका हुन्, सोनाक्षी सिन्हा । दबंग खान सलमानको हात समाएर चलचित्रमा डेब्यु गरेकी उनको क्रेज अहिले बढ्दो छ ।

ठूलो निर्माण कम्पनीको रोज्इमा परेकी उनी छानीछानी चलचित्र गर्ने हैसियतमा पुगेकी छन् । तर, निर्माणधीन चलचित्र 'लिंगा' मा काम गर्नुपर्दा उनी नर्भस भएकी छन् । नर्भस हुनुको मुख्य कारण हो रजनीकान्त । उनी सोनाक्षीका बुबा शत्रुघ्न सिन्हाका मिल्ने साथी हुन् ।

बुवाको साथीसँग चलचित्रमा काम गर्नुपर्दा उनलाई अप्ठ्यारो परेको छ । यो कुरा उनले रजनीकान्तलाई पनि सुनाइन । सोनाक्षीको कुरा सुनेर रजनीकान्त चकित परे । 'आफ्नो मिल्ने साथीको छोरीसँग एकै चलचित्रमा काम गर्नुपर्दा मलाई पो अप्ठ्यारो महसुस भएको छ त' , उनले सोनाक्षीलाई भने । 

अप्ठ्यारो महसुस भए पनि रजनीकान्तको चलचत्रिमा काम गनृ पाउँदा सोनाक्षी उत्साहित भएको बताइएको छ । यस चलचित्रमा उनले कुनै कुरा नहेरी प्रस्ताव स्वीकार गरेकी थिइन । स्रोतका अनुसार उनी यस चलचित्रमा चालीसको दशकको तमिल परम्परागत शैलीमा देखिने भएकी छिन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget