news and more entertainment

जुन १ अघि नै मर्न चीनका बुढाबुढी धमाधम आत्महत्या गर्दै

कोही मानिस समयसीमा तोकेर यति दिनभित्र मर्छु भन्न सक्छ ? सामान्यतयाः यो सम्भव छैन् । तर, चीनको आन्हुई प्रान्तका मानिसहरु यतिबेला जुन १ तारिखअघि नै मर्ने हतारोमा छन् ।

खासगरि उमेर पुगेका बुढीबुढीहरु जुन १ तारिख पहिले नै भगवानको शरणमा पुग्न आत्महत्या गरिरहेका छन् । अप्रिलयता सो प्रान्तमा आत्महत्या गर्नेको संख्या नाटकीय ढंगले बढिरहेको छ ।

यसो हुनुमा त्यहाँको स्थानीय सरकारले गरेको एक निर्णय जिम्मेवार छ । गत अप्रिलमा सरकारले एक उर्दी जारी गर्दै भन्यो– जुन १ तारिखपछि यो राज्यमा चिहान बनाउन पाइदैन, मृतक सवैको शव जलाउनुपर्ने छ ।’
हिन्दु धर्ममा भने देह जलाउने गरिन्छ भने बुद्ध धर्म संस्कारमा मृत्युपछि मानिसलाई जमिनमा गाड्ने चलन छ । मरण राम्रो नहुने र धर्मअनुसार अन्तिम संस्कार नहुने भएपछि पाको उमेरका बुढाबुढी निकै आक्रोशित र निराश बने । प्रान्तको शहरी क्षेत्रका जनताले सरकारको यो निर्णयलाई स्वीकारे देखिएपछि ग्रामिण क्षेत्रका मानिसहरुले आत्महत्या गरेरै यो निर्णयप्रति बिरोध जनाइरहेको डेली मेलले जनाएको छ ।

८७ बर्षिय झाङ वेनिङले मे १२ मा आत्महत्या गरिन् । उनले सुसाइड नोटमा लेखेकी छिन– मेरो अन्तिम संस्कार रितीअनुसार नै होस् भन्ने चाहान्छु, जुन १ पछि मर्दा मेरा शव जलाइने छ, त्यसैले मैले आत्महत्या गरेँ ।’
सरकारले यस्तो निर्णय गर्नु उसको बाध्यता हो । बढ्दो आवादी र घट्दो जमिनका कारण राज्यमा चिहान बनाउने खुला जमिनको अभाव हुँदै गएको छ । जसले गर्दा स्थानीय सरकारले जुन १ पछि राज्यमा चिहान बनाउन नपाइने र सवै शवलाई जलाउनुपर्ने घोषणा गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget