news and more entertainment

दिमाग बढाउन चाहनुहुन्छ ,गर्नुस् यी काम

brainमानिसलाई दिमाग अर्थात् मष्तिष्कको प्रयोग हरेक क्षण गर्नुपर्ने हुन्छ । मष्तिष्कको प्रयोग हरेक काम गर्दा र पाइलापाइलामा गर्नै पर्ने हुन्छ ।
सामान्य मानिसको मष्तिष्कले मात्र ३ प्रतिशत काम गर्ने गर्छ । हामीले उचित सही तरिकाले मष्तिष्कलाई प्रयोग गर्न सके हामीले जीवनमा धेरै सफलता पाउन सक्छौ । हामीले हाम्रो दिमागलाई अझ तिखार्नका लागि केहि सामान्य कार्यहरू समेत गर्न सक्छौ । दिमाग तिखार्नका लागि गर्न सकिने केही उपायहरू यस्ता छन्...
- टेलिभिजन कम हेर्नेः हामीलाई सुरूवातमा झट्ट सुन्दा टेलिभिजन हेर्न छोड्दा कसरी दिमाग बढ्छ भन्ने लाग्न सक्छ । तर, टेलिभिजन हेर्दा हाम्रो मष्तिष्कलाई कुनै काम गर्नुपर्ने अवस्था आउँदैन । यसले मष्तिष्कलाई झन् सुस्त बनाउँछ । सकेसम्म मष्तिष्कलाई रिचार्ज गरिरहनु पर्दछ । केही नयाँ कुरा र नयाँ विचारले आफ्नो मष्तिष्कलाई रिचार्ज गरिरहनु निकै आवश्यक हुन्छ । टेलिभिजन हेर्नु भन्दा किताब पढ्ने तथा संगीत सुन्ने गरेपनि मानिसको दिमागले अझ राम्रो काम गर्न सक्छ । मष्तिष्कको क्षमतामा बृद्धी हुन सक्छ । यस्तै, टेलिभिजन हेर्ने समयमा मिल्छ भने टेलिभिजन हेर्न छाडेर घरपरिवारसँग गफल गर्ने रमाइलो गर्नु राम्रो मानिन्छ ।
- व्यायामले पनि मानिसको मष्तिष्कलाई बढाउन मद्धत गर्छ । व्यायामले मानिसको उत्पादन क्षमतामा बृद्धी गराउनका साथै मष्तिष्कको बृद्धीका लागि पनि निकै सहयोग पुर्याउँछ । व्यायामका क्रममा मष्तिष्कमा उत्पन्न हुने एक प्रकारको सञ्चारले दिमागी क्षमतालाई बृद्धी गर्न मद्धत गर्छ ।
 - आफ्नो सोचाई र लेख्ने शैलीको विकासका लागि सकेसम्म धेरै पुस्तक पढ्नु राम्रो मानिन्छ । पुस्तक पढ्नाले मानिसको सोचाई क्षमतामा बृद्धी गर्छ भने समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । किताब पढ्दा छोडौ की पढौ लाग्ने खालका किताब नपढ्दा राम्रो हुन्छ । सकेसम्म किताब पढ्दा आफूलाई निकै सहज रूपले पढ्न सक्ने किताब पढ्ने र केहि गाह्रो शब्द र वाक्यहरूलाई बुझ्ने प्रयास गर्ने । एकपटकमा बुझिएन भने धेरै पटक पढेर बुझ्ने प्रयास गर्नु राम्रो हुन्छ ।
 - मानिसको सुत्ने बानीले पनि दिमागको चुस्ततालाई असर पार्छ । सकेसम्म चाँडो सुत्ने र चाँडो उठ्ने बानीले मानिसको मष्तिष्कलाई ताजा राख्न मद्धत गर्छ । सकेसम्म ८ घन्टा सुत्ने गर्नु निकै उपयुक्त मानिन्छ । बिहानीको समय निकै उत्पादक र सहज हुन्छ त्यसैले बिहान चाँडो उठ्दा अन्य समयमा भन्दा मष्तिष्कले काम गर्ने क्षमतामा फरक पर्छ । कामको बीचमा पनि मिल्छ भने १०-२० मिनेट सुत्ने गरे मष्तिष्कले अझ राम्रोसँग काम गर्न सक्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget