news and more entertainment

लोकेशन र हिरोइन भर्जिन भएको स्टूपिड मन

 468  2 
  0
jiwan-rijju-and-niraj
भर्जिनको अर्थ फ्रेस वा नयाँ भन्ने हुन्छ । भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र स्टूपिड मनको दृश्य र हिरोइन पनि भर्जिन छन् । चलचित्रमा दुई नव नायिकाको अभिनय छ, जसले यही सिनेमा मार्फत सिने नगरीमा डेब्यू गरेका हुन् । यसैले उनीहरु दर्शकका लागि नयाँ अनुहार हुन् ।
चाँदनी शर्मा र रिजु श्रेष्ठ सिनेमाका दुई नव नायिका हुन् । चलचित्रमा नायकको रुपमा भने जीवन लुइटेल र निरज बराललाई देख्न सकिन्छ । साथमा मार्टिन खान पनि चलचित्रको आकर्षण बन्नेछन् ।
काठमाण्डौमा आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको फष्टलुक, टिजर र फोटो गीत सार्वजनिक गरिएको हो । सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा गरिएको छ । थाइल्याण्डका रमणिय दृश्यलाई दर्शकले पर्दामा देख्न पाउँनेछन् stupid-man-pressmeet
आफ्नो लक्ष्य र सपना विर्सिएर प्रेमको पछि लाग्ने पात्रहरुको कथालाई यो सिनेमा भित्र देखाइएको छ । कुरा गर्नमा जतिसुकै आत्मविश्वासी भएपनि मानिस प्रेममा परेपछि कमजोर हुन्छ, सिनेमाले यस्तै कुरा बोल्छ ।
शुभ फिल्मस्को ब्यानरमा तयार भएको यो सिनेमालाई निरज बरालको प्रस्तुतीमा विवेक शाहीले निर्माण गरेका हुन् । सामिप्य तिमिल्सिनाको पटकथा, संजय लामाको छायांकन, अर्जुन पोख्रेल र करण राज कार्कीको संगीत, अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन रहेको यो सिनेमाले प्रेमको कथा बोल्छ ।
कार्यक्रममा बोल्दै नायक जीवन लुइटेलले यो चलचित्र उत्कृष्ट रहनुको कारण खुलाए । पहिलो पटक पूर्ण अनुमती लिएर विदेशमा छायांकन भएकाले पनि सिनेमा भित्र दर्शकले थाइल्याण्डका दृश्यको मज्जा लिन सक्ने उनको भनाई थियो । यस्तै, सिनेमाको कथावस्तु र त्यसलाई प्रस्तुत गर्ने तरिका निक्कै उत्कृष्ट भएको भन्दै स्टूपिड मन चल्नेमा आफू शतप्रतिशत विश्वस्त रहेको उनको भनाई थियो ।
निर्देशक दिवाकर भट्टराइले सिनेमालाई मनदेखि बनाएको र यूवापुस्ताको कथा भएकाले पनि यो चलचित्र चल्नेमा ढुक्क रहेको जनाए । नेपाली सिनेमाका दर्शकले पर्दामा फ्रेस लोकेशन हेर्न पाइराखेका छैनन् । यस्तो अवस्थामा ४५दिनसम्म २५ जना सदस्यलाई लगेर सम्पूर्ण सिनेमाको छायांकन सक्नु कम चुनौतीको बिषय थिएन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget