news and more entertainment

चियामा औषधि मिसाई निर्देशकले गर्न खोजे

काठमाडौं । नेपाली म्युजिक भिडियोमा नाम चलेका निर्देशक शिव विकमाथि बलात्कार प्रयासको आरोप लागेको छ ।

नेपाली कला अनलाइन पत्रिकालाई समस्या भन्दै युवतीले म्युजिक भिडियोमा कलाकारका रुपमा काम गर्ने एक शिवलाई आफूलाई जवर्जसस्ती गर्न खोजेको आरोप लगाएकी हुन् ।

फोटो सुट गर्न आफ्नै कार्यालय पुतलीसडक बोलाएर चियामा लट्ठिने औषधि मिसाई आफूमाथि खराब व्यवहार गर्ने मनासाय बनाएको युवतीको दावी छ । आफूले प्लास्टिकको गिलास बाहिरबाटै औषधि देखेपछि चिया नखाएर आफ्नो अपस्मता जोगाएकी उनले दावी गरे ।

पछि सोही चिया शिवले खाएर लट्ठिएको र त्उसपछि आफूमाथि हातपात गर्ने प्रयास गरेको युवतीले बताइन् । सो कार्यत्रको प्रतिकार गर्दै युवतीले यसअघि पनि त्यस्ता हर्कत गर्ने प्रयास गरेको बताइन् । उनले घटनाको सार्वजनिक गर्ने समेत चेतावनी तत्कालै दिएकी थिइन् ।

निर्देशक शिवले भने युवतीको दावी गलत भएको भन्दै आफुमाथि कसैले षडयन्त्र थालेको बताएका छन् । उनले आरोपले आफू दुःखी भएको भन्दै सँगे फोटोसुट गराएर पछि यस्ता आरोप लगाउनुको कारण नबुझेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget