news and more entertainment

रुखमा झुन्दिएका अवस्थामा भेटिए सामुहिक बलात्कारमा परेकी २ युवती

_72288560_994adce8-1b46-43a8-aa6b-2d13f52547a6भारतको उत्तर प्रदेशमा २ जना युवतीहरु रुखमा झुन्दिएर अवस्थामा भेटिएको छ । प्रहरीले ति दुइ युवतीको सामुहिक बालत्कार भएको जानकारी दिएको छ ।
प्रहरीले ति दुइको उमेर १४ र १६ बर्ष भएको जानकारी पनि दिएको छ । साथै यसै हत्याको आरोपमा प्रहरीले एक मानिसलाइ समेत पक्राउ गरेको छ । त्यस्तै गरि ति दुइको बालत्कारको प्रहरी चौकीमा उजुरी नलेखेको भन्दै ३ जना प्रहरी समेत निलम्बित भएका छन् । उच्च प्रहरी अधिकारि अतुल सक्सेनाले बिबिसीलाइ दिएको जानकारी अनुसार ति दुइ युवतीहरु मंगलबार राति देखि हराइरहेको बताउछन् ।
यी दुइको सव बदौन जिल्लाको कत्रा शहदत्गनज गाउमा बुधबार बिहान भेटिएको थियो । प्रहरी अधिकारि सक्सेनाले दिएको जानकारी अनुसार यस घटनालाइ लिएर अहिले २ जना मानिसको खोजि कार्य भैरहेको छ । यी दुइ युवतीको पोस्टमार्टम रिपोर्टले यी दुइको बालत्कार तथा पासोका कारण मृत्यु भएको पुष्टि गरेको छ । प्रहरीले अहिले पनि ति युवतीहरु कसरि हराएको र कसरि त्यहा रुखमा झुन्डिने अवस्थामा पुगे भन्ने बिषयको अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।
सन् २०१२ मा भएको सामुहिक बलात्कार पश्चात भारत सरकारको ध्यानाकर्षण भएको थियो । त्यस यता कानुन नियमलाइ कडा बनाउदा बनाउदै पनि भारतका यस प्रकारका घटनाहरु बेला बखतमा आउने गरेका छन्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget