news and more entertainment

केटी पट्याउन बाघसँग फोटो खिचाउने होडबाजी

 
tinder-tiger-5
कुनै युवतीलाई प्रभावित गर्न वा उसको मन जित्न तपाई के-के गर्नुहुन्छ ? सोसल मिडियाको स्मार्ट जमानामा सामाजिक संजालमा तपाईको प्रस्तुती नै तपाईको ब्यक्तित्व र प्रभावको आधार हो । त्यही पहिलो नजरले तपाईको प्रेम सफल हुने वा नहुने हुनसक्छ ।
आजलकल इन्टरनेटमा जोडी खोज्ने डेटिङ साइटहरु खुवै प्रचलित छन् । यस्तो साइटमा केटाहरु निकै सिर्जनशील तरिकाले आफ्नो प्रोफाइल बनाउँछन र तस्वीर राख्छन् ।
यीनै साइटबाट पत्ता लागेको नयाँ तथ्य हो- केटाहरु केटी पट्याउन बाघसँग तस्वीर खिचाउन मन पराउँछन् । वालस्ट्रिट जर्नलका अनुसार टिण्डर लगायतका डेटिङ साइटमा हरेक दशमध्ये एक जना केटाले बाघसँग खिचाएको तस्वीर प्रोफाइलमा राख्ने गरेका छन् ।
डेटिङ साइटमा यो ट्रेन्ड निकै भाइरल बनिरहेको पत्रिकाले जनाएको छ । केटीहरुले पनि बाघसित पोज दिइरहेका केटाहरुसित डेटिङ गर्न मन पराउने देखिएको छ ।
जंगलको राजा मानिने बाघ बल र आधिपत्यको प्रतिकका रुपमा चिनिन्छ । २० देखि ३० बर्षको उमेर समूहका केटाहरुले सम्भावित पार्टनरलाई यही सन्देश दिन चाहेका कारण पनि बाघे फोटो भाइरल भएको अनुमान गरिएको छ ।
तर, केटीहरु एउटा वा दुईटा डेटमा गइसकेपछि केटाप्रति रुची नदिने गरेको र अन्त्यमा त्यस्तो सम्बन्ध दिगो नभएको भुक्तभोगीहरुले बताएका छन् । क्यालिफोर्नियाको एक प्रबिधि कम्पनीमा कार्यरत २८ बर्षीय नेट लेभिन भन्छन-’एक दुई डेटपछि थाहा पाएँ कि ती केटीहरुले मलाई नभएर बाघलाई मन पराएका रहेछन, लामो समय सम्बन्ध टिक्नै सकेन् ।’
यो प्रबृत्ति बढ्दै गएपछि डेटिङ साइटबाट बाघे तस्वीर संकलन गर्ने बेग्लै वेबसाइट पनि खुल्न थालेका छन् । केही युवायुवतीहरुले यस्तो प्रबृत्तिलाई बेतुकको भन्दै कडा आलोचना गर्न थालेका छन् । त्यसलाई जवाफ दिन उनीहरुले अजिंगर, हात्ती लगायतका जनावरसाग पोज दिएका तस्वीर प्रोफाइलमा राख्न थालेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget