news and more entertainment

यौन चरम आनन्द नहुने समस्या

Sex-photo-500x330यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो । पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ । यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ । यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ । विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget