news and more entertainment

फेशन स्टूडियो उद्घाटनमा हट करिश्मा(फोटो फिचरसहित)

 
karisma-nilima-dress-herdai
चर्चित फेसन डिजाइनर नीलिमा शर्माले काठमाण्डौको नयाँ बाँनेश्वरस्थित अल्फाविटा कप्लेक्समा फेशन स्टूडियो संचालनमा ल्याएकी छिन् । ‘नीलिमा फेशन स्टूडियो’को नायिका करिश्मा मानन्धरले दोश्रो पटक उद्घाटन गरेकी हुन् । यसअघि नीलिमाले काठमाण्डौ मलमा यो स्टूडियो संचालन गरिरहेकी थिइन् ।
नीलिमाको फेशन स्टूडियो उद्घाटन गर्न पुगेकी नायिका करिश्मा मानन्धर निक्कै हट देखिएकी थिइन् । छोटो वन पिसमा करिश्मा निक्कै खुलेकी थिइन् । करिश्माको चढ्दो उमेरमा पनि देखिएको सुन्दरताले धेरैलाई अचम्ममा पार्ने गर्दछ ।karisma-and-nilima karisma-cake-katdai karisma-dress-herdaiनीलिमाले आफ्नो स्टूडियोमा फरक र बजारमा विरलै पाइने पहिरनहरु उपलब्ध भएको बताइन् । उनले यो स्टूडियोमा आफूले डिजाइन गरेका पहिरन भने नराखेको बताइन् । थाइल्याण्ड, हङकङ लगायतका देशहरुबाट ल्याइएका आकर्षक पहिरन नीलिमाको स्टूडियोमा भेट्न सकिन्छ । २ हजारदेखि ४० हजारसम्मका पहिरन यो स्टूडियोमा भेट्न सकिन्छ । उद्घाटन समारोहमा नायिका निशा अधिकारी पनि पुगेकी थिइन् ।bikash-rana-and-nisha-adhikari

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget