news and more entertainment

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, दुई नेपालीसहित २९ को मृत्यु

 जेठ, भैरहवा । भारतको उत्तर प्रदेशको चुरबे स्टेशनमा भएको रेल दुर्घटनामा दुई जना नेपालीसहित २९ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक सय भन्दा बढी घाइते भएका छन् भने घाइतेमध्ये १७ जना नेपाली हुन् ।



भारतको दिल्लीबाट गोरखपुर आउँदै गरेको गोरखधाम सुपर फास्ट १२५५६ नम्बरको रेल बुधवार दुर्घटना हुदाँ रुपन्देही आमा गाविसका ३० वर्षीय रामजित कलवार र उनका ६ वर्षीय छोरा सागर कलवारको मृत्यु भएको हो । रेलको ट्र्याक नबदिलएकाले रोकिरहेको मालबाहक रेलमा गोरखपुरधाम सुपर फास्ट रेल ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरुको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



दुर्घटनामा ६५ वर्षीय सतरी साहनी, शीले सहानी, ५८ वर्षीय फुला, रुपन्देहीका ३५ वर्षीय सोहरती, राधेश्याम र ४५ वर्षीय चंदमती मोहर घाइते भएका छन् । यसैगरी पाल्पा रामपुर नगरपालिकाका २२ वर्षीय उषा धनबहादुर, १५ वर्षीय चौपी धनबहादुर, ४२ वर्षीय इन्द्र बहादुर थापा, नरबहादुर थापा, ५० वर्षीय मायादेवी, सोही स्थानका ६ वर्षीय बिशाल, तिलक बहादुर र २० वर्षीय सरवन बहादुर, धनबहादुर रहेको भारतीय पूर्वी रेलवेका चिफ पुलिस रेलवे अफिसर (सिपीआरओ) आलोक कमुार सिंहले अनलाइखबरलाई जानकारी दिए ।
घाइतेहरुको भारतीय शहर खलीलाबाद र गोरखपुर मेडिकल कलेजमा उपचार भइरहेको सिंहले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget