news and more entertainment

८२ वर्षीय बृद्धद्वारा पत्नीको हत्या ' ५२ वर्ष पुरानो दाम्पत्य जिवनको त्रासदीपुर्ण अन्त्य '

काठमाडौं, जेठ १६ –पत्नीसँग दिनहुँको झगडाबाट दिक्क मानेर भारतको ठाणे शहरका एक ८२ वर्षीय वृद्धले आफ्नी पत्नीको हत्या गरेका छन् । हत्यारा पति उमाकान्त सुलेले आफ्नी ७८ वर्षीया पत्नीको हत्या गरेका हुन । पत्नीको हत्याको खबर उनी आफैले पुलीसलाई दिएपछि उनी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सुले दम्पती ठाणे शहरको घोडबन्दरस्थित बाघविल परिसरको कसमस रिजेन्सी कम्प्लेक्समा बस्दै आएका थिए । विरामी बृद्ध दम्पती उमाकान्त र सुले र पुष्पा सुलेवीच लामो समयदेखी सानो सानो विषयमा झगडा हुँदै आएको थियो । गएको बुधवार जव पत्नी गहिरो निद्रामा सुतेकी थिईन त्यसैबेला पति उमाकान्तले घरमा भएको काठको लौरो उठाएर पुष्पाको टाउकोमै हाने । रक्ताम्य भएकी पत्नीको घटनास्थलमै मृत्यु भयो । केहीबेरपछि पति आफैले प्रहरीलाई खबर गरेका थिए ।
जिवन विमा निगमबाट रिटायर्ड भएका उमाकान्तले ५२ वर्ष पहिले पुष्पासँग विवाह गरेका थिए । यो दम्पतीका एक विवाहीत छोरी छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget