news and more entertainment

रोज र सुमिनाको बढ्दो निकटता, एकसाथ पार्टीमा

 
roj-rana-and-sumina
पार्टीमा एकसाथ ईन्ट्री मारेपछि नायिका सुमिना घिमिरे र निर्माता रोज राणाको बिषयलाई लिएर ठूलै चर्चा भयो । गसिप बजारले निर्माता र नायिका एकसाथ ईन्ट्री गर्नुलाई सामान्य रुपमा लिने कुरै थिएन ।
नायक राजेश हमालको बिहे पार्टीमा एकसाथ बुके लिएर पुगेका सुमिना र रोज मिडियाकर्मीको नजरमा परे । रोजले सुमिनालाई आफूले बाहिर गेटमा भेटेको र सँगै आएको खुलाइदिए । तर रोज र सुमिनाको कुराले उनीहरु गेटबाट मात्रै एकसाथ आएको कुरालाई पत्याउन मुश्किल थियो ।
रोजले गेटबाट मात्र त होइन होला भन्दा मुस्कान मात्र दिए । यस बिषयमा मिडियामा गसिप आउने कुरामा पनि दुबै पहिले नै जानकार देखिए । रोज र सुमिनाले एकसाथ ‘आए पनि केही फरक पर्दैन’ भन्दैै आत्मविश्वास देखाए ।
रोजले मिडियामा के नै आउन बाँकी छ र भन्दै सुमिनासँगको सम्बन्धको बिषयमा समाचार आए पनि फरक नपर्ने जनाए । यता सुमिनाले पनि आफ्नो बिषयमा आउन के नै बाँकी छ र भन्दै समाचारले फरक नपार्ने जनाइन् ।
एकसाथ पार्टीमा प्रवेश गरेका रोज र सुमिना र्फकने बेलामा भने सँगै भए या भएनन्, त्यो भने कमैले मात्र भेउ पाए । तर पनि रोज र सुमिनाको निकटतालाई लिएर हमालको बिहेमा भने खुबै चर्चा भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget