news and more entertainment

इराक घटनाबारे फिल्म देखाउन प्रतिबन्ध !

 
12-Nepali-Ek-Chihan१० बर्षअघि इराकमा १२ नेपाली मारिएको घटनामाथि बनेको फिल्म ‘१२ नेपाली एक चिहान’ प्रर्दशनमा सरकारले रोक लगाएको छ ।
सूचना तथा संचार मन्त्रालय अन्तर्गतको सेन्सर बोर्डले चलचित्र बिकाश बोर्डलाई पत्र लेख्दै सो चलचित्रलाई सेन्सर इजाजतका लागि सिफारिस नगर्न अनुरोध गरेको छ । जसका कारण प्रर्दशनको तयारीमा रहेको निर्माण पक्षलाई समस्या परेको छ ।
‘मृतकका परिवारकै आग्रहमा फिल्म रिलिज रोक्न पत्र लेखिएको हो’ संचार मन्त्रालयकी उपसचिव सैलजा रेग्मीले भनिन् ।
केही दिनअघि चलचि त्र बिकाश बोर्ड पुगेपछि मात्र निर्देशक अरुण प्रधानले आफ्नो फिल्म प्रर्दशनमा रोक लगाइएकोबारे जानकारी पाएका थिए । तर मन्त्रालयकी उपसचिव रेग्मीले पत्र गत भदौमै लेखिएको जानकारी दिइन् ।
घटनाबारे अमेरिकी अदालतमा मुद्दा चलिरहेकाले त्यसको छिनोफानो नभएसम्म फिल्म रिलिज रोकिदिन परिवारले लिलित आग्रह गरेपछि यस्तो निर्णय गरेको उपसचिव रेग्मीले बताइन् ।
निर्देशक प्रधानले आफ्नो फिल्मको स्क्रिप्ट नै अध्ययन नगरि मन्त्रालयले रोक लगाउने निर्णय गरेका भन्दै दुखेसो पोखे । चलचित्र बिकाश बोर्डले स्क्रिप्ट अध्ययन गरि निर्माण इजाजत दिएपनि अहिले आएर सेन्सर रोक्न खोज्नु उचित नभएको उनले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget