news and more entertainment

अदालत परिसरमा ईंटाले हानेर युवतीको हत्या

१३ जेठ, काठमाडौं । पाकिस्तानको लाहोरस्थित हाई कार्ट बाहिर एक युवतीलाई परिवारका सदस्यले ईंटा हानेर हत्या गरेका छन् । आफूलाई मन परेको युवकसँग विवाह गर्ने निर्णयप्रति युवतीका परिवार असन्तुष्ट थिए ।
३० वर्षीया फरजानामाथि ईंटा हानिएको बीबीसीले जनाएको छ । उनको केही समयअघि घरबाट भागेर मुहम्मद इकबालसँग विवाह गरेकी थिइन् ।
फरजाना पति इकबालसँग मंगलबार विहान लाहोर हाई कोर्टमा उपस्थित भएकी थिइन् । अदालत आउनासाथ बाबु, दुई भाइ र बिहेको कुरा छिनेका युवकले घिसार्दै केही पर लगेर ईंटा हानेका थिए ।
नजिकै रहेका प्रहरीले फरजानालाई छुटाउन गए । तर, चार आक्रमणकारीसँगै अन्य केही व्यक्ति पनि थिए, जोसँग हतियार समेत भएको बताइएको छ । उनीहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै पेस्तोल खोसेको छ ।
प्रहरीले फरजानाका बाबुर अजीमलाई पक्राउ गरेको छ भने अन्य फरार भएका छन् । फरजानाका पतिले बाबु, दुई भाइ, बिहे छिनेका केटासहित १५ जनाविरुद्ध उजुरी दिएका छन् ।
फरजानाको विवाहपछि परिवारका सदस्यहरुले अपहरणको मुद्दा हालेका थिए । तर, फरजानाले प्रहरीसमक्ष मोहम्मद इकबालसँग आफ्नो खुसीले बिहे गरेको बताएकी थिइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget