news and more entertainment

किन हुन्छ रक्सीको ह्याङओभर ?

वैशाख २९गते ,एजेन्सी । रक्सी खाने मानिसहरू प्रायजसो ह्याङओभर (रक्सीको असर) को कुरा गर्छन् । राति खाएको रक्सीको ह्याङओभर बिहानसम्म गएको हुँदैंन । कतिपय अवस्थामा अलग–अलग प्रकारको रक्सी मिसाएर खाँदा मानिसले अझ बढी ह्याङओभर महसुस गर्छन् । शरीरमा पानीको कमी महसुस हुने, टाउको दुख्ने समस्या देखापर्छन् । यसविपरित बियर पिउनुअघि वाइन पिउँदा मानिस बिरामी हुन सक्छ, तर, बियर पछि वाइन लिने हो भने केही हुँदैंन भन्ने धारणा पनि मानिसमा रहेको पाइन्छ ।

आखिर ह्याङओभर के कारणले हुन्छ त ? सन् २००० मा गरिएको एक अनुसन्धानले के पुष्टि गरेको थियो भने डिहाइड्रेशन एल्टोस्टेरोन तथा कार्टिसोल जस्ता हार्मोनको स्तरमा आउने परिवर्तनले ह्याङओभर (रक्सीको प्रभाव) हुन्छ । यसका साथै ह्याङओभरले मानिसको प्रतिरोधक क्षमतामा पनि समस्या ल्याउछ, यहीकारण टाउको दुख्ने, थकान महसुस हुने आदि हुन्छ ।

 ह्याङओभर कतिबेरसम्म रहन्छ भन्ने कुरा सामान्यतः दुई कुरामा निर्भर रहन्छ ः एउटा कतिमात्रा रक्सी सेवन गरेको हो भन्ने र अर्को कति चाँडो–चाँडो पिएको भन्ने । यद्यपि यसको अहिलेसम्म कसैले पुष्टि गरेको छैन ।

कतिपय मानिसलाई रक्सीको कुनै असर देखिदैंन । अर्थात् ह्याङओभर हुँदैंन । यसको पनि कुनै कारण भेटिएको छैन । एक अनुसन्धानअनुसार जुन व्यक्तिले अल्कोहल १२ युनिट सेवन गरे, तिनीहरूमा ह्याङओभर भएन । अलग खालका रक्सी मिसाउँदा कक्टेल हुन्छ र त्यसबाट घाँटी सुक्ने, टाउको दुख्नेजस्ता अवस्था आउछन् ।

तर, मुख्य कारणचाहिँ अल्कोहलको मात्रा बढी सेवन गर्नु नै हो । रक्सीबाट आउने नशा ‘इथेनल’ नामक पदार्थबाट हुन्छ । यसका साथै अन्य पदार्थका कारण पनि ह्याङओभर हुन्छ । तिनीहरुलाई रक्सी उद्योगमा ‘कन्जनर’ भनिन्छ । एसिटोन, एसिट्याल्डिहाइड, फ्युसेल तेल तथा टेनिन्सजस्ता पदार्थले रक्सीको रंगलाई गाढा बनाउछन् र स्वाद दिन्छन् ।

अहिलेसम्म कुनै पनि वैज्ञानिकले ह्याङओभरका विषयमा पूर्ण रुपले सन्तुलित अनुसन्धान गरेका छैनन् । तर, हालसम्मका अनुसन्धानले ह्याङओभरका लागि विभिन्न थरिको रक्सीको मिसावटलाई दोष दिने नसकिने अनुसन्धानकर्ताहरु बताउछन् । मुख्य कारणचाहिँ बढी रक्सी सेवन नै ह्याङओभरको कारक मानिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget