news and more entertainment

मोदीको देशमा ‘यौन कार्य गर्न नमान्ने बच्चालाई कुकरको दिसा’

काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बईसँगै रहेको रायगढ जिल्लामा च्यारिटेबल ट्रष्टद्वारा सञ्चालित एक आवासीय विद्यालयमा नाबालिकामाथि यौन शोषण गरेको अभियोग लागेको छ ।


बच्चामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले ट्रष्टका सञ्चालक र शिक्षिकालाई गिरफ्तार गरेको छ ।

चाइल्ड लाइन संस्था रायगढ जिल्लाका सञ्चालक अशोक जंगले बीबीसी हिन्दीसँगको कुराकानीमा मे २१ मा एक पीडित बच्चाले फोन गरेर उक्त संस्थामा यौन शोषण हुने गरेको बताएको जानकारी दिएका थिए ।


‘जब हामी पाठशालामा जान्थ्यौं ठूलो अपमानको सामना गर्नुपर्‍यो । ट्रष्टका सञ्चालक र महिला शिक्षकले उनीहरुबीच आपसी शारीरिक सम्बन्ध बनाउन कर गर्ने गर्थे’, एक बालिकाको भनाई उदृत गर्दै जंगले भनेका छन्, ‘जब कुनै बच्चाले यसलाई अस्वीकार गर्थे उनीहरुलाई कुटपिट गरेर कुकुरको दिसा खुवाउँथे ।’

भारतीय जनता पार्टीको महिला मोर्चाकी महासचिव माधवी नाइकले प्रहरीलाई यस घटनाका छिटोभन्दा छिटो अनुसन्धान गरेर कडा सजाय गर्न माग गरेकी छन् ।


बालबालिकामाथि भएको यौन शोषणको बारेमा जिल्ला बाल कल्याण अधिकारीलाई जानकारी दिएपछि यसै महिना उक्त स्कुलमा छापा मारिएको थियो । पुणेमा मख्यालय रहेको उक्त संस्थाको स्कुल नेरलको एक गाउँमा रहेको छ ।

ट्रष्टका सञ्चालकले पुणेको एक पत्रिकामा विज्ञापन छपाएर पुणे जिल्लाका गरिबहरुलाई आफ्ना बच्चा पढाउनका लागि पठाउन भनेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget