news and more entertainment

श्रुती हसन र क्रिकेटर सुरेश रैनाविच गहिरो प्रेम


suresh-raina-and-shruti-hasan
बलिउड नायिकाहरु यतिबेला क्रिकेटरसँग सम्बन्ध गाँस्न जोडतोडका साथ लागेका छन् । नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली विचको सम्बन्धको बारेमा त सबैतिर चर्चा छ । हालै मात्र आइपीएलमा ब्याङलोरले हारेपछि विराट अनुष्कालाई भेट्न मुम्बई पुगेका थिए । विराटसँग यतिबेला पर्याप्त समय छ ।
अनुष्का नयाँ चलचित्रको छायांकनका लागि बार्सिलोनातर्फ लागेकी छिन् । यसैले पनि अनुष्कासँग २ महिना भेट नहुने पिरले विराट छोटो समय भएपनि विताउन मुम्बई पुगेका हुन् । यता अनुष्का र विराटको अफेयर चरम अवस्थामा पुगेको बेला अर्की एक नायिकाको पनि प्रेम चर्चाले बलिउड हल्लाइदिएको छ ।
बलिउडको चर्चित पत्रिका मिररले यो खबरलाई सार्वजनिक गर्दै नायिका श्रुती हसन र क्रिकेटर सुरेश रैना गहिरो प्रेममा रहेको खुलाएको छ । ‘सुरेश र श्रुती गहिरो प्रेमसम्बन्धमा छन्’ पत्रिकाको आज प्रकाशित अंकमा खुलाइएको छ ।
श्रुती हसन आइपीएलको सेमिफाइनलमा पुगेको ‘चेन्नई सुपर किङ्स’को खेल हेर्न पुगेकी थिइन् । उनले सुरेश रैनाले उत्कृष्ट प्रदर्शन गरेको भन्दै तारिफ पनि गरेकी थिइन् । श्रुती र रैनाले आफूहरुको सम्बन्धलाई भने लुकाउन खोजिरहेका छन् । ‘उनीहरु एकअर्काको व्यस्त सेड्यूलका बाबजुत पनि समय बिताउन चाहन्छन्’, श्रोतलाई उल्लेख गर्दै मिररले जनाएको छ । श्रुती हसन चर्चित नायक कमल हसनकी छोरी हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget